सरकार र मिटरव्याज पीडितबीच ४ बुँदे सहमति

सरकार र मिटरव्याज पीडितबीच ४ बुँदे सहमति

काठमाडौं : सरकार र मिटरव्याज पीडितबीच ४ बुँदे सहमति भएको छ। गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा सिंहदरवारस्थित गृह मन्त्रालयमा सोमबार ४ बुँदे सहमति भएको हो। यससँगै मिटरव्याज पीडितहरूको आन्दोलन ४२औं दिनपछि स्थगित भएको छ। 

गृहमन्त्री रवि लामिछानेले आफ्नो जायम मागको लागि दुःख गरेर काठमाडौं आउनुपर्ने अवस्था नै गलत भएको बताए। उनले आफूले मिटरव्याजहरूको माग सम्बोधन गर्न निरन्तर सदनमा बोलेको बताए। उनले कार्यभार सम्हालेको केही दिनमै समस्या समाधान गर्ने थप जिम्मेवारी आफ्नो काँधमा आएको बताए। 

'यति धेरै दुःख गरेर काठमाडौंसम्म आउनु नै गलत थियो। मैले सदनमा पनि यो कुरा उठाएको छु। मैले कार्यभार सम्हालेको केही दिनमै यो जिम्मेवारी पूरा गर्ने मलाई अवसर मिल्यो। समस्या समाधान गर्ने थप जिम्मेवारी हाम्रो काँधमा आएको छ। उचित मागलाई सम्बोधन गर्न र तपाइँहरूको पीडालाई अन्त्य गर्ने प्रतिवद्धता जनाउँछु,' गृहमन्त्री लामिछानेले भने।

उनले पीडितको मागलाई सम्बोधन गर्न गृह मन्त्रालय हरदम तयार हुने बताए। 

nullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.