नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर
सुन्नुहोस्

काठमाडौं :  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर आएको आरोपमा एकजना शिक्षकविरुद्ध मुद्दा दर्ता गरेको छ।

तनहुँको व्यास नगरपालिकास्थित बालमन्दिर माध्यमिक विद्यालयका शिक्षक सुनिता उपाध्याय पौडेलविरुद्ध झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्रहरू पेश गरी प्राथमिक तह,तृतीय श्रेणी शिक्षक पदको हैसियतमा लाभ लिइ  भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाडौंमा आरोपत्र पत्र दायर गरेको अख्तियारले जनाएको छ।

पौडेलको शैक्षिक योग्यताका प्रमाणपत्रहरूमाथि छानबिन गर्न उजुरी परेको थियो। सोही उजुरीका आधारमा  उनले माध्यमिक शिक्षा परिषद क्षेत्रीय कार्यालय वाराणसीबाट उत्तीर्ण गरेको हाइस्कु्ल तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्रहरू पेश गरी जागिर खाएको खुल्न आएको अख्तियारको ठहर छ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर पुष्टि हुन आएकाले पौडैललाई भ्रष्टाचार निवारण ऐन ,२०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी गरी आरोप-पत्र दायर गरेको अख्तियारले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.