रौतहटमा मनि ट्रान्सफर सञ्चालकमाथि गोली हान्ने तीनजना भारतीय पक्राउ

रौतहटमा मनि ट्रान्सफर सञ्चालकमाथि गोली हान्ने तीनजना भारतीय पक्राउ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

रौतहट :  परोहा नगरपालिका- ९ खापचोकस्थित आईएमई काउन्टरमा लुटपाट भएको छ । तीनजना लुटेराहरूले आईएमईका कर्मचारीलाई धम्क्याउँदै लाखौं रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित आएका लुटेराहरूले आईएमईका सञ्चालक नितेश साहलाई बाहिर निकालेर गोली प्रहार गर्दा उनी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घाइतेलाई उपचारका लागि वीरगंज पठाइएको र लुटपाटमा संलग्न तीनजनालाई  पक्राउ गरिएको बताइएको छ । रकम लुटपाट गरेर भाग्दै गरेकाहरूलाई प्रहरीले  नियन्त्रणमा लिएको छ भने  घटनामा प्रयोग भएको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।

पक्राउ परेका भारत बिहार राज्यको मोतिहारी निवासी मुनिफ यादव,चन्द्रभान सिंह ,राजा कुमार पसमान रहेको रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । उनीहरूको साथबाट कटुवा पेस्तोल र गोली बरामद गरिएको छ ।

रौतहट परोहा नगरपालिका -९ बस्ने  शिव मनि ट्रान्सफरका सञ्चालक   २६ वर्षीय नितेश साहले काउन्टरमा काम गरिरहेको अवस्थामा  मोटरसाइकलमा आएका ३ जनाको समूहले गोली हानी फरार भएका थिए ।

घटनास्थलमा नेपाल प्रहरीका एसपी महेन्द्र श्रेष्ठ र सशस्त्र प्रहरी ११ नम्बर गणका प्रमुख एसपी बिक्रम हुमागाईँसहितको टोली खटिएको छ । 
नेपाल भारत सिमाक्षेत्रमा कडाइ गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.