अब अरुको अधिकारमाथि डकैती हुँदैन : राजेन्द्र महतो

अब अरुको अधिकारमाथि डकैती हुँदैन : राजेन्द्र महतो
सुन्नुहोस्

भैरहवा : राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले नेपाल सबै नेपालीका लागि बनाउने अभियानमा आफूहरू रहेको बताएका छन्। उनले सम्पूर्ण नागरिक अधिकार, पहिचान र सम्मानका साथ बस्न पाउनुपर्ने बताए।

राष्ट्रिय मुक्ति क्रान्ति अभियान रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको सम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले शासन र संविधान मुलुकको समृद्धि, जनताको अधिकार र पहिचानका लागि हुनुपर्ने बताए। उनले भने, ‘तर, यो देशमा शासन र संविधान आफ्नो हित, कुर्सीका लागि सीमित भयो।’

शासन र संविधान जनताको लागि र नेपाल सबै नेपालीका लागि बनाउन बहुलराष्ट्रिय राज्य स्थापनाबाहेक अरु कुनै उपाय नरहेको महतोले दाबी गरे। उनले बहुलराष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति क्रान्ति आवश्यक रहेकोमा जोड दिए।

उनले सबै मिलेर अघि बढे शक्ति बढ्ने र त्यो शक्तिलाई कसैले परास्त नगर्न सक्ने बताए। उनले भने, ‘एकल चिन्तन सोच राख्ने सरकारले त्यो शक्तिलाई परास्त गर्दैन र त्यो शक्तिले जित्छ। अब देशको जनता जित्छ। नेपाल सबै नेपालीका लागि बनाउनुपर्छ।'

उनले थपे, ‘अब अरुको अधिकारमाथि डकैती हुँदैन। जति भयो धेरै भयो। अब सैह्य हुँदैन। नेपाली जनता योभन्दा गरिब हुन सक्दैन। कराडौं नेपाली विदेशिएका छन्। बुढाबुढीको देश भएको छ।’

पूर्व कृषिराज्य मन्त्री तथा अभियानका नेता ओमप्रकाश यादव 'गुल्जारी'ले राष्ट्रिय मुक्ति क्रान्ति अभियानले मधेसको मात्र नभई सबैका लागि आवाज उठाउने बताए। 
उनले भने, 'शासक वर्गले जसलाई उपेक्षित र भेदभाव गरेको छ। उहाँहरूको अधिकारका लागि लडाइँ हुनेछ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.