अख्तियारमा सिन्धुलीबाट ९३ उजुरी
![अख्तियारमा सिन्धुलीबाट ९३ उजुरी](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_0gpUMm02x3_gNYYGrPAXX.jpg)
सिन्धुली : सिन्धुलीका विभिन्न पालिकाहरूबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा सिन्धुलीबाट ९३ उजुरी परेका छन्। चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि माघ मसान्तसम्म विभिन्न प्रकारका ९३ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ।
उजुरी मध्ये ४० वटाको अनुसन्धान सकिएको र ५३ वटा उजुरीका विषयमा अनुसन्धान भइरहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका इन्जिनियर सुलभ सिग्देलका अनुसार जिल्लाको कमलामाई नगरपालिकाबाट सबैभन्दा बढी उजुरी परेका छन्।
चालु आर्थिक वर्षको नौं महिनामा कमलामाई नगरपालिकाबाट मात्र १७ वटा उजुरी अख्तियारमा दर्ता भएका छन्। तीमध्ये ११ वटाको फर्छ्यौट भएको र ६ वटा अनुसन्धानको क्रममा रहेको इन्जिनियर सिग्देलको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)