बागलुङमा आगलागी नियन्त्रणका लागि नमुना अभ्यास

बागलुङमा आगलागी नियन्त्रणका लागि नमुना अभ्यास
सुन्नुहोस्

बागलुङ : बागलुङमा विपद् व्यवस्थापन सम्बन्धी आगलागी घटनाको नियन्त्रण, खोज तथा उद्धार नमुना अभ्यास भएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय बागलुङ र गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङले संयुक्त रुपमा बागलुङ नगरपालिका–१ बाङ्गेचौर मैदानमा नमुना अभ्यास गरेको हो। 

प्रहरीको टोलीले आगलागी घटना हुँदा नियन्त्रण, खोज तथा उद्धारका साथै प्राथमिक उपचारमा समेत के कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा कृतिम नमुना अभ्यास गरेको थियो। आगलागी हुँदा तत्काल गरिने आगो नियन्त्रण र प्रभावितलाई उद्धार जस्ता विषयलाई लक्षित गरी नमुना अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए। 

एउटा टोलमा आगलागी भएपछि प्रहरीलाई तत्काल खबर गर्ने, नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर दमकल लगायतका विधिमार्फत आगलागी नियन्त्रण गर्ने र घाइतेहरूलाई एम्बुलेन्समार्फत अस्पताल पुर्‍याउने र प्रहरीको टोलीले क्षतिको मुचुल्का उठाउने लगायतको प्रहरीको कार्यहरूलाई नमुना अभ्यास गरी देखाइएको थियो। 

अभ्यासको क्रममा बागलुङ नगरपालिकाको दमकल, धौलागिरी अस्पताल बागलुङको एम्बुलेन्स प्रयोग गरेर आगो नियन्त्रण गर्न र घाइतेहरूलाई अस्पताल पुर्‍याउन तत्काल चाहिने सवारी साधनहरूका बारेमा जानकारी समेत गराइएको थियो। 

नमुना अभ्यासको अवलोकन पछि गण्डकी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्र थापाले विपद व्यवस्थापनमा नेपाल प्रहरीको मुख्य भूमिका रहने बताए। उनले हिउँदको समयमा आगलागीका घटनाहरू बढिरहेको बताउँदै त्यसलाई न्यूनीकरण गर्न र ठूलो क्षति हुन नदिन नमुना अभ्यासले सहयोग पुग्ने बताए। 

नेपाल प्रहरीले विपद् व्यवस्थापन समितिमार्फत विपद् कार्यदल गठन गरि उनीहरूलाई विपद् आइपरेकालाई खोजी तथा उद्धार कार्यका लागि विभिन्न तालिम सञ्चालन गर्दै आइरहेको छ। सो अनुरूप प्रयोगात्मक कृत्रिम नमुना अभ्यासको लागि आगलागी घटनाको नियन्त्रण, खोज तथा उद्धारको लागि कृतिम नमुना अभ्यास कार्यक्रम सञ्चालन गरिएको गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.