रविको बचाउ गर्दै ओलीले भने- सहकारी डुबाएको प्रमाण छैन

महरा पक्राउबारे ओलीको टिप्पणी - माओवादी पक्राउ पर्दैनन्, सुन तस्कर पक्राउ पर्ने हुन्

महरा पक्राउबारे ओलीको टिप्पणी - माओवादी पक्राउ पर्दैनन्, सुन तस्कर पक्राउ पर्ने हुन्
तस्बिर : अन्नपूर्ण

धनगढी : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले आफूतिर नलागेको झोकमा गृहमन्त्री रवि लामिछानेलाई फसाउन लागेको आरोप लगाएका छन् ।  प्रेस चौतारी नेपाल कैलाली शाखाले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन । 

‘रवि लामेछाने सहकारीमा संलग्न भएको,सहकारी डुबाएको वा अरु कुनै कुरा प्रमाणित भएको छैन। तर, कांग्रेसले आफूतिर नलागेकाले बदनाम गर्न र फसाउन खोजिरहेको छ,'ओलीले भने ।

उनले आफू प्रधानमन्त्री भएको बेला शेरबहादुर तामाङ र गोकुल बास्कोटाको प्रसंग उल्लेख गर्दै भने, ‘मैले बोलाई चिप्लेकै कारण शेरबहादुर तामाङ र गोकुल बास्कोटालाई फिर्ता बोलाए,तर, भएको केही पनि थिएन । नेपाली कांग्रेसका मन्त्री त झण्डा हल्लाउँदै अख्तियार गएका थिए,सबैले देखेको होइन,अनी अहिले गृहमन्त्रीका बारेमा कुन नैतिकताले प्रश्न उठाउने ?,' ओलीले प्रश्न गरे ।

उनले कांग्रेसले सरकार छोडनु परेको पीडामा छाती पिटिरहेको आरोप समेत लगाए । ‘कांग्रेसको अहिलेको कदम,सरकारबाट बाहिरिएको पीडा हो । उसले सरकारबाट बाहिरिएको पीडामा छाती पिटेर रुँदै के भन्छ ? त्यसलाई धेरै महत्व दिइराख्नुपर्ने आवश्यकता छैन,'ओलीले भने ।

सुनकाण्डमा माओवादीका उपाध्यक्ष पक्राउ परेको घटनामा पत्रकारहरूले राखेका जिज्ञासामा ओलीले भने,‘सोमबार माओवादीका नेता पक्राउ परेका होइनन् । माओवादीका नेता पक्राउ पर्दैनन् तर अनुसन्धानभित्र आएका जो कोही पनि पक्राउ पर्न सक्छन् ।’ 

उनले त्यतिबेला नेकपा एमालेले सुनकाण्डका बारेमा आयोग वा छानविन समिति गठन हुनुपर्छ भनेर राखेको अडान अहिले पुष्टि भएको जिकिर गरे । ‘त्यतिबेला हामीले आयोग गठन हुनुपर्छ भन्यौं,तर कांग्रेसले २ महिला ढिलो गरिदियो,' उनले भने ।

एक अर्को प्रशंगमा ओलीले अबको बाँकी कार्यकाल प्रचण्ड नै प्रधानमन्त्री हुने संकेत गरे । पत्रकारहरूको जिज्ञासामा ओलीले भने, ‘मलाई अहिले प्रधानमन्त्री खान मन छैन,अरु कोही तयार भएको छैन । उहाँले (पचण्ड) ले नै खानुहोला जस्तो पो देखिएको छ त,' मुस्कुराउँदै ओलीले भने ।

नयाँ गठबन्धनलाई बाग्मती,गण्डकी र कोशीमा प्रदेश सरकार गठन गर्न असहज भएको छ । प्रदेशको भागबण्डा र यी तीन प्रदेशको समिकरणबारे पत्रकारहरूले सोधेका प्रश्नको जवाफमा ओलीले भने,‘अहिले त्यस बारेमा म केही नभनौं । किनकी मैले पत्रकारलाई भएको कुरा भन्नुपर्छ । अनुमानका भरमा भन्नुहुदैन ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.