इभी कार ल्याउन प्रोत्साहन गरौं, सरकारको ध्यानाकर्षण होस् : यादव

प्रस्तुत भएका विनियोजन विधेयकले समाजवाद ल्याउन सक्दैन

इभी कार ल्याउन प्रोत्साहन गरौं, सरकारको ध्यानाकर्षण होस् : यादव
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं :  जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले प्रस्तुत भएको विनियोजन विधेयकमा बजेटका सिद्धान्त आफ्नै गतिमा अलमलिएको दाबी गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८१/०८२ का सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै उनले नीति र गति स्पष्ट नभएको बजेटले कसरी समाजवाद ल्याउँछ भन्दै प्रश्न गरेका छन्।

उनले भने,‘बजेटका सिद्धान्त आफ्नै गतिमा अलमलिएको छ। प्रस्तुत भएको विनियोजन विधेयकका सम्बोधन गर्नुपर्ने मुख्य खाँका प्रस्तुत भएको देखिएन।’

उनले नेपालको संविधान अनुसार समाजवादको उन्मुख बजेट तथा कार्यक्रम ल्याउनु आवश्यकता रहेको बताए। देशको विद्यमान चुनौती र आर्थिक संकट हटाउन नसक्ने उल्लेख गरे।

उनले नीति क्षेत्रको मनोबल बढाउने खालको बजेट ल्याउनुपर्ने धारणा राखे। उनले विद्युतीय (इभी) कारहरु ल्याउन प्रोत्साहन गर्नुपर्ने माग राखे। उनले भने,‘इभी कारलाई प्रोत्साहन कसरी गर्ने त्यसमा सरकारले ध्यान दिनुपर्छ। सरकारको प्लान हुनुपर्छ’

यादवले आलु र प्याजमा लगाइएको भ्याट हटाउनुपर्ने माग गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.