अजयमेरुकोटको संरक्षण गर्न पहल

अजयमेरुकोटको संरक्षण गर्न पहल
सुन्नुहोस्

डडेल्धुरा : डडेल्धुराको अजयमेरुकोट संरक्षणका लागि पहल थालिएको छ। १३ औं शताब्दीमा राजा नागी मल्लले डोटी राज्य सञ्चालनका लागि निर्माण गरेका अजयमेरुकोट अहिले जीर्ण अवस्थामा छ। तत्कालीन राजा मल्लले गृष्मकालीन मौसममा बस्नका लागि निर्माण भएको कोट संरक्षणका अभावमा जीर्ण बन्नुका साथै संरचना  मेटिँदै गएका छन्। 

मल्ल राजाको दरबार , रानीले रानीताल नुहाउन जाने गुफा , घोडाराख्ने तवेला, नौला , देवलहरूको संरचनामध्ये केही हराएका छन् भने भएका पनि जीर्ण रहेका छन्। कोटमा जाने बाटो नेपाली सेनाको सहयोगमा निर्माण हुँदै छ। पुराना कला र शैलीमा निर्माण गरिएका नौला , देवलहरूको भौतिक र प्राचीन धरोहरको इतिहास मेटिँदै गइरहेको वुद्धिजीविहरू बताउँछन्। 

डडेल्धुराको सदरमुकामबाट पश्चिमतर्फ ७ किलोमिटर टाढा पश्चिमपट्टी रहेको हाटगाउको बस्ती र खोलाको बीचमा प्राचीनस्थलका रूपमा अजयमेरुकोट अवस्थित छ। बाइसे राज्यकालीन डोटी राज्यको राजधानी कोट प्राचीन कलाको उत्कृष्ट संयोजनबाट निर्मित दरबार, देबल, पानीका नाला, घोडा तबेला, बैठक कक्ष,  पोखरी आदि वास्तुकलालाई पुनर्निर्माण गर्नसके आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र वन्न सक्ने स्थानीय फगिर ओढले बताए।

जीर्ण भएका संरचना पुनर्निर्माण भएका आन्तरिक र बाह्य पर्यटकहरू भित्रिने गाउँपालिकाकी उपाध्यक्ष वसन्ती पालले बताइन्। पुरातत्व  विभागले राष्ट्रिय सम्पदा सूचीमा राख्नका लागि पहल गरिरहेको जनाए पनि अजयमेरुकोटमा रहेका ऐतिहासिक र कलात्मक मुर्तिको संरक्षणका लागि कुनै पहल नभएको स्थानीयले गुनासो गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.