आगलागीबाट करोडौको क्षति

आगलागीबाट करोडौको क्षति
सुन्नुहोस्

रौतहट : गरुडा नगरपालिका-४ स्थित कुशवाहा इन्टरप्राइजेजमा गएराति करिब १२ बजेतिर आगलागी भएको छ।

आगलागी हुँदा गाडीको स्पेयर पार्ट र मोटरसाइकल, जिप, कारको सामानहरू जलेर नष्ट भएको इन्टरप्राइजेजका प्रोप्राइटर दिलीप कुमार कुशवाहले बताए।

आगलागी हुँदा करिब ६  करोड बराबरको स्पेयर पार्ट र चार तले घरमा रहेको सामानहरू जलेर नष्ट भएको प्रोप्राइटर कुशवाहाले बताए।होलीको समयमा पुर्ख्यौली घर गएका कुशवाहाको पसल रहेको घरमा सोमबार राति अचानक आगलागी सुरु भएको स्थानीयले बताए।

मोटरसाइकल पार्ट्स, घर र फर्निचरमा समेत आगलागी भएको थियो। घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.