एमालेलाई कसैको बैशाखी आवश्यक पर्दैन : पूर्वमुख्यमन्त्री राई
उदयपुर : नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले मिसन ८४ मा एमालेले कसैको बैशाखी र गठबन्धनमा निर्भर नरहने बताएका छन् । नेकपा एमाले उदयपुरको नवौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै राईले आगामी तीन वर्ष नेकपा एमालेको मिसन ८४ को वर्ष भएकाले यसबीचमा जनताको कामलाई तीव्रता दिने बताएका हुन् ।
पूर्वमुख्यमन्त्री राईले जनता बिनाको नेता र पार्टी नहुने भएकाले जनताका आवश्यकतालाई मिहीन ढंगले अध्ययन गर्दै विश्वास जित्ने बताए । उनले मुलुकको समृद्धि र अर्थतन्त्र एमालेबाहेक दलबाट सफलता नहुने भएकाले ८४ मा एमाले एकल बहुमतको सरकार बनाउने अभियानमा अहिलेदेखि नै लागि परेको बताए ।
कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका राईले एमाले नेतृत्वको सरकारले मुलुकको विकासमा उल्लेखिय प्रगति हासिल गरेको बताए ।