एमालेको नीति समाजवादी मोर्चा होइन, बलियो राजनीतिक शक्ति बनाउन केन्द्रित : महासचिव पोखरेल

एमालेको नीति समाजवादी मोर्चा होइन, बलियो राजनीतिक शक्ति बनाउन केन्द्रित : महासचिव पोखरेल
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेको नीति समाजवादी मोर्चा बनाउनेतर्फ नभई बलियो राजनीतिक शक्ति बनाउनेतर्फ केन्द्रित रहेको दाबी गरेका छन्। एमाले बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमाले राजनीतिक ध्रूवीकरणको माध्यमबाट जाने नीतिका साथ अघि बढेको प्रष्ट पारेका हुन्।

उनले निर्वाचन प्रणालीलाई देखाएर निराशा प्रकट गर्ने बेला अहिले नभएको उल्लेख गरे। ‘संसदीय राजनीतिमा लोकप्रिय पार्टीले कम्तिमा पनि ४० प्रतिशत मत ल्याउनुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहेको छ। लोकप्रियताको अन्तर्राष्ट्रियस्तरको रुपमा एमाले स्थापित भइसक्यो त।’महासचिव पोखरेलले भने‘त्यति मत ल्याउँदा पनि बहुमत पुगेन भने मात्र संविधानलाई दोष दिन मिल्दैन। संसदीय लोकतन्त्रमा लोकप्रिय राजनीतिक दलले औसत मत प्राप्त गर्दा पनि बहुमत आउन सकेन भने संविधानलाई खोट लगाउन सकिन्छ, संसदीय लोकतन्त्रको औसत मत पनि ल्याउन नसक्ने अनि संविधानलाई दोष दिन मिल्छ ?’

उनले देशलाई संकटबाट निकाल्न अहिले सरकारमा पार्टीको हैसियत अनुसारको जिम्मेवारी नखोजेको धारणा राखे। राष्ट्रप्रतिको दायित्व पूरा गर्न पार्टी अझ बढी सुदृढ हुनु आवश्यक रहेकाले नेता कार्यकर्तालाई मेहनत गर्न निर्देशन दिए।

महासचिव पोखरेलले पार्टीको अवस्थाका हिसाबले सबैभन्दा धेरै मिहिनेत बाग्मती प्रदेशले गर्नुपर्ने धारणा राखे। राष्ट्रिय दायित्व र चुनौतीको हिसाबले सबैभन्दा बढी दायित्व बागमती प्रदेश कमिटीको काँधमा रहेकाले सोही अनुसार अगाडि बढ्न निर्देशन दिए। 

आन्तरिक रूपमा भएको असमझदारी र मतभेदका कारण एमालेले सोचे जस्तो मत प्राप्त गर्न र मतको रक्षा हुन नसकेको उल्लेख गर्दै त्यसलाई ध्यानमा राखेर पार्टी एकतामा ध्यान दिनुपर्ने उनको भनाई छ।

एमालेमा अब काम नगरी कोही पनि नेता बन्न नसक्ने स्पष्ट गर्दै सबैलाई काम गरेर देखाउन उनले आग्रह गरे। ‘अब कामका आधारमा मूल्याङ्कन गर्ने र मूल्याङ्कनका आधारमा जिम्मेवारी प्रदान गर्ने गरी हाम्रा कमिटीहरू अगाडि बढ्नुपर्छ।’ महासचिव पोखरेलले भने, ‘यति बेला पार्टीभित्र नीति र नेतृत्वको प्रश्नमा कुनै विवाद छैन  तर पार्टीका अधिवेशनमा प्रतिस्पर्धा गर्ने नेताहरूले हुल बाँधेरै प्रतिस्पर्धा गर्न खोजिराखेका छन्, त्यसले नीति, नेतृत्व र राजनीतिमा देखिएको एकतालाई खलबल्याइरहेको छ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.