सिन्धुलीमा ५ हजा ३१५ विद्यार्थीले एसईई दिँदै

सिन्धुलीमा ५ हजा ३१५ विद्यार्थीले एसईई दिँदै
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सिन्धुली :बिहीबारबाट सुरू हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सिन्धुली जिल्लाबाट ५ हजार ३ सय १५ जना परीक्षार्थी सहभागी हुँदैछन्।  सामुदायिक तथा संस्थागत विद्यालयका २ हजार ५ सय छात्र र २ हजार ८ सय १५ जना छात्राहरू गरी कूल ५ हजार ३ सय १५ जना विद्यार्थी एसईईमा सहभागी हुन लागेका हुन्।

शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख निर्मल घिमिरेका अनुसार जिल्लाबाट सामुदायिकतर्फ १ सय २३ र संस्थागततर्फ २२ गरी १ सय ४५ वटा विद्यालयका विद्यार्थीहरू परीक्षामा सम्मिलित हुँदैछन् । जसमध्ये सामुदायिक विद्यालयतर्फ ४ हजार ७ सय ५६ जना र संस्थागत विद्यालयतर्फ ५ सय ५९ विद्यार्थीहरूले परीक्षामा भाग लिनेछन्,’घिमिरेले भने । 

उनका अनुसार जिल्लाबाट एसईईमा सहभागी ५ हजर ३ सय १५ विद्यार्थीमध्ये साधारणतर्फ ५ हजार १ सय १०,प्राविधिकतर्फ १ सय ७९ र ग्रेड वृद्धितर्फ २६ जना रहेका छन् ।  यस वर्ष परीक्षाका लागि २५ वटा परीक्षा केन्द्र कायम गरिएको छ । 

परीक्षालाई मर्यादित बनाउन २५ जना केन्द्राध्यक्ष, ३३ सहायक केन्द्राध्यक्ष, २ सय ६७ जना निरीक्षक, ५२ जन परीक्षा सहायक र १ सय ४ जना सहयोगी तोकिएको छ ।  जिल्लाका २५ वटा परीक्षा केन्द्रका लागि ३ सय ७५ जना सुरक्षाकर्मी परिचालन गरिने जनाइएको  छ। परीक्षा बिहीबार बिहान ८ बजेदेखि सञ्चालन हुनेछ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.