डडेल्धुराको नवदुर्गामा आगोमा परी एक बृद्धको मृत्यु
डडेल्धुरा : डडेल्धुरामा एक जनाको आगोमा परेर मृत्यु भएको छ। नबदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको आगोमा परेर मृत्यु भएको हो ।
चुनारा आफ्नै खेतबारीको घेरबार हाल्नको लागी झिग्रा काट्ने क्रममा शुक्रबार दिउँसो लडेर आगोमा परेका थिए । सोही ठाउँका दिपक राज उप्रेतीको खरबारीमा लगेको आगोमा खस्दा चुनाराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चुनाराको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । अहिले जिल्लाको प्राय ठाउँमा आगालागि भइरहेको छ । लामो खडेरीका कारण आगलागिका घटना बढिरहेका छन् । गएको सातामात्रै नवदुर्गा गाउँपालिका उपाध्यक्षको आपको बगैँचा र घर पनि जलेको थियो ।