एमाले कास्कीमा अधिकारी क्षेत्री निर्वाचित

एमाले कास्कीमा अधिकारी क्षेत्री निर्वाचित
सुन्नुहोस्

पोखरा : नेकपा एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका छन्। प्रतिस्पर्धी माधव बास्तोलालाई पराजित गर्दै उनी निर्वाचित भएका हुन्। क्षेत्रीले ५५१ मत ल्याउँदा बास्तोलाको भागमा ३२४ मत परेको थियो। अध्यक्ष निर्वाचित क्षेत्री यसअघि जिल्ला कमिटी सचिव थिए।

क्षेत्रीकै प्यानलबाट उपाध्यक्ष भेषराज बराल, सचिव दर्शन लामा, उपसचिव सन्तु सुवेदी र लालबहादुर परियार विजयी भएका छन्। सचिवका उम्मेदवार लामाले सर्वाधिक लोकप्रिय मत ५९५ मत ल्याएका थिए। १२१ पदमा बास्तोला र अधिकारीको प्यानल थियो। अध्यक्षमा उनीहरूको प्यानलबाहेक विवेक त्रिपाठी उम्मेदवार थिए। त्रिपाठीले १७ मत प्राप्त गरे।

१० चैतमा सुरु भएको एमाले कास्कीको ११औं अधिवेशन बुधबार १४ गतेमात्रै सकिएको छ। मंगलबार साँझबाट विद्युतीय मेसिनमा मतदान सुरु गरिए पनि बुधबार अपरान्हमात्रै सकिएको थियो। मतदान सकिएलगत्तै नतिजा आएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.