दाइजोको निहुँमा बिहे भाँडेको आरोपमा पक्राउ परेका बेहुलासहित ५ जना धरौटीमा रिहा

दाइजोको निहुँमा बिहे भाँडेको आरोपमा पक्राउ परेका बेहुलासहित ५ जना धरौटीमा रिहा
विवाह भाँडेको आरोपमा गत फगुन २८ गते पक्राउ परेका बेहुलासहित उनका आफन्तहरु । फाइल तस्बिर ।
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा गत फागुन २८ गते दाइजोको निहुँमा भाँडिएको विवाहको जग्गेबाटै पक्राउ परेका बेहुलासहित पाँच जना धरौटीमा रिहा भएका छन् । 

वीरगन्ज महानगरपालिका-२४ रामगढवामा गत फागुन २८ गते मध्यरातामा वैवाहिक समारोह चलिरहकै बेला बेहुला पक्षले दाइजोमा सुनको सिक्री नपाएको निहुँमा बेहुली पक्षसँग विवाद गरेपछि बिहे नै भाँडिएको थियो । त्यही विवाद चर्किएर  बेहुला र बेहुलीपक्षबिच कुटाकुट पनि भएको थियो । 

बिहे नै भाँडिएपछि प्रहरीले विवाहको जग्गेबाटै बेहुला , उनका बुबा , दाजु , भिनाजुसहित पाँच जनालाई नियन्त्रणमा लिएर उनीहरुविरुद्ध गत चैत ९ गते पर्सा जिल्ला अदालतमा विवाह सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो । 

उक्त मुद्दाको गत आइतबार सुनुवाइ गर्दै पर्सा जिल्ला अदालतका न्यायाधीश दीपक खनालको इजलाशले पाँचै जनासित धरौटी माग गर्ने आदेश दिएको थियो । अदालतको उक्त आदेश अनुसार धरौटी बुझाएर बेहुलासहित पाँचै जना तारेखमा रिहा भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम  थापाले जानकारी दिए । 

रिहा हुनेमा बेहुला बाराको कलैया उपमहानगरपालिका-४ सिनेमा हल टोलका उमेश साह , उनका बुबा बच्चालाल साह , बेहुलाका दाइहरू राकेशकुमार साह, मुकेशकुमार साह र बेहुलाको भिनाजु बाराको परवानीपुर गाउँपालिका-५ का रामएकवाल साह रहेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.