सुदूरपश्चिम सरकार छाड्न रञ्जिताको निर्देशन, विधान बमोजिम कारबाही गर्ने चेतावनी

सुदूरपश्चिम सरकार छाड्न रञ्जिताको निर्देशन, विधान बमोजिम कारबाही गर्ने चेतावनी
सुन्नुहोस्

धनगढी : नागरिक उन्मुक्ति पार्टीले कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आज नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सभामा, संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र पठाउँदै, नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन्।

‘नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कमिटिको चैत १४ गते टीकापुरमा बसेको बैठकको निर्णयअनुसार पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय भएकाले सोही बमोजिम सरकारबाट बाहिर आउन निर्देशन गर्दछु’ अध्यक्ष रञ्जिताले शुक्रबार पठाएको पत्रमा उल्लेख छ।

पत्रमा सरकारबाह बाहिर नआए विधानबमोजिम कारबाहीको चेतावनी पनि दिइएको छ। ‘सरकार बाहिर नआए पार्टीको विधान आकर्षित गरिनेछ’ पत्रमा भनिएको छ। उन्मुक्तिको चैत १४ गतेको टीकापुरमा भएको निर्णयलाई काउन्टर दिँदै उन्मुक्तिका दुई जना विना विभागीय मन्त्रीहरूले विहीबारमात्रै मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। 

२१ जनाको केन्द्रीय कमिटिका १२ जना पदाधीकारीहरूले संघमा पनि नयाँ गठबन्धन र प्रदेशहरूमा पनि सोही गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको थियो। तर, मन्त्री भइसकेको उन्मुक्तिका प्रदेश सभा सदस्यहरू भने पार्टीको निर्देशनको पटक-पटक अवज्ञा गर्दै आएका छन्।

null 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.