समुदाय स्तरका युवाहरूको प्रयासमा छाडा चौपाया व्यवस्थापन

समुदाय स्तरका युवाहरूको प्रयासमा छाडा चौपाया व्यवस्थापन
सुन्नुहोस्

कपिलवस्तु : कपिलवस्तु नगरपालिका वडा नम्बर २ मा समुदाय स्तरका युवाहरूको प्रयासमा छाडा चौपाया व्यवस्थापनका लागि गौशाला सञ्चालनमा ल्याइएको छ। सडक, बजार तथा चौराहाहरूमा खुला रुपमा रहेका छाडा चौपाया व्यवस्थापन गर्न कपिलवस्तु नगरपालिका-२ को वरगदवामा माधव कामधेनु गौशाला निर्माण गरी छाडा गाई गोरुहरूको पालनपोषण गरिएको हो। 

स्थानीय युवाहरू काशीराम पाठक र सुशील तिवारीको अगुवाइमा सडकमा छाडा घुम्ने गाई गोरुहरूलाई यहाँ ल्याई पालन पोषण गरिएको छ। कुनै पनि गाई गोरुहरू सडकमा भोकै मर्न नपाउन भन्ने उद्देश्यले आफूहरू निस्वार्थ रुपमा गौवंश संरक्षणको काममा जुटेको गौशाला सञ्चालक काशीराम पाठक बताउँछन्। 

गौ वंश रक्षा गर्न सके सनातन हिन्दु धर्म रक्षा हुन्छ। सवारी दुर्घटनामा परेका थुप्रै गाई गोरुहरूलाई उद्धार गरी यहाँ उपचार समेत गर्छौं, गौवंश संरक्षक पाठकले भने,’ छाडा गाई गोरुलाई संरक्षण त हामी गरेकै छौं, ‘यसका अलावा मासुका लागि तस्करी भएर कपिलवस्तुको बाटो हुँदै पुर्वी जिल्ला झापा हुँदै बंगलादेश पुर्‍याइने गोरुहरू पनि नियन्त्रणमा लिएर गौशालामा राख्ने गरेका छौं।’

स्वतःस्फुर्त रुपमा युवाहरूले गरेको गौवंश संरक्षणको यो अभियानलाई सघाउन गौशाला परिसरमा तार जाली घेराउ र ट्रस्ट निर्माणका लागि कपिलवस्तु नगरपालिकाले सघाएको छ। लुम्बिनी प्रदेश सभाका सदस्य सुधाकर पाण्डेयको पहलमा लुम्बिनी प्रदेश सरकारबाट पनि चालु आर्थिक वर्षमा गौशाला व्यवस्थापनका लागि १० लाख रुपैयाँ विनियोजित गरिएको छ। यसरी गौशाला निर्माण भएपछि स्थानीय सर्वसाधारणको खेती पनि सुरक्षित भएको छ। 

छाडा गाईवस्तुका कारण हुने सडक दुर्घटनामा कमी आएको छ। यस प्रकारका गौशालाहरू जिल्लाका अन्य विभिन्न स्थानहरूमा निर्माण गरी जिल्लालाई नै पूर्ण खुला चौपाया मुक्त जिल्ला बनाउनुपर्ने तौलिहवा उद्योग वाणिज्य संघका कोषाध्यक्ष बृजेश भट्राले बताए।  

गौशालामा रहेका गाईहरूलाई उत्पादनमा जोड्दै गौशाला व्यवस्थापनमा स्थानीय कृषकहरूलाई पनि सहभागी गराउने योजना रहेको माधव कामधेनु गौशाला सञ्चालकहरूले बताएका छन्। स्थानीय स्तरमा सुरु गरिएका यस्ता गौशाला निर्माणबाट स्थानीय तहले गर्नुपर्ने गौशाला व्यवस्थापनको जिम्मेवारीलाई केही हदसम्म भए पनि कम गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.