युवाहरूको प्रयासमा छाडा चौपाया व्यवस्थापन

युवाहरूको प्रयासमा छाडा चौपाया व्यवस्थापन
फाइल तस्बिर।
सुन्नुहोस्

कपिलवस्तु : कपिलवस्तु नगरपालिका वडा नं. २ मा समुदायस्तरका युवाको प्रयासमा छाडा चौपाया व्यवस्थापनका लागि गौशाला सञ्चालनमा ल्याइएको छ। सडक, बजार तथा चौराहाहरूमा खुलारूपमा रहेका छाडा चौपाया व्यवस्थापन गर्न कपिलवस्तु नगरपालिका वडा नं. २ को वरगदवामा माधव कामधेनु गौशाला निर्माण गरी छाडा गाई गोरुहरूको पालनपोषण गरिएको हो। स्थानीय युवाहरू काशीराम पाठक र सुशील तिवारीको अगुवाइमा सडकमा छाडा घुम्ने गाई गोरुहरूलाई ल्याइ पालनपोषण गरिएको छ। कुनै पनि गाई गोरुहरू सडकमा भोकै मर्न नपाउन् भन्ने उद्देश्यले आफूहरू निःस्वार्थ रूपमा गौवंश संरक्षणको काममा जुटेको गौशाला सञ्चालक काशीराम पाठक बताउँछन्। 

गौ वंश रक्षा गर्न सके सनातन हिन्दु धर्म रक्षा हुन्छ। सवारी दुर्घटनामा परेका थुप्रै गाई गोरुहरूलाई उद्धार गरी यहाँ उपचारसमेत गर्छौं, गौवंश संरक्षक पाठकले भने, ‘छाडा गाई गोरुलाई संरक्षण त हामी गरेकै छौं, यसका अलावा मासुका लागि तस्करी भएर कपिलवस्तुको बाटो हुँदै पूर्वी जिल्ला झापा हुँदै बंगलादेश पु¥याइने गोरुहरू पनि नियन्त्रणमा लिएर गौशालामा राख्ने गरेका छौं।’

स्वतस्र्फुत रूपमा युवाहरूले गरेको गौवंश संरक्षणको यो अभियानलाई सघाउन गौशाला परिसरमा तार जाली घेराउ र ट्रस्ट निर्माणका लागि कपिलवस्तु नगरपालिकाले सघाएको छ। लुम्बिनी प्रदेशसभाका सदस्य सुधाकर पाण्डेयको पहलमा लुम्बिनी प्रदेश सरकारबाट पनि चालु आर्थिक वर्षमा गौशाला व्यवस्थापनका लागि १० लाख रूपैयाँ बिनियोजिन गरिएको छ। यसरी गौशाला निर्माण भएपछि स्थानीय सर्वसाधारणको खेती पनि सुरक्षित भएको छ। छाडा गाईवस्तुका कारण हुने सडक दुर्घटनामा कमी आएको छ। यस प्रकारका गौशालाहरू जिल्लाका अन्य विभिन्न स्थानहरूमा निर्माण गरी जिल्लालाई नै पूर्ण खुला चौपायामुक्त जिल्ला बनाउनु पर्ने तौलिहवा उद्योग वाणिज्य संघका कोषाध्यक्ष बृजेश भट्टराईले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.