नुवाकोटको बञ्चरेडाँडाका स्थानीय आन्दोलित
![नुवाकोटको बञ्चरेडाँडाका स्थानीय आन्दोलित](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_x9E4qle2vo_bxyj486eLV.jpg)
नुवाकोट : नुवाकोटको बञ्चरेडाँडाका स्थानीय आन्दोलनमा उत्रिएका छन्। विगतमा भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरू शनिबारदेखि आन्दोलनमा उत्रिएका हुन्।
उपत्यका तीनवटै सहरको फोहोर दैनिक रुपमा बञ्चरेडाँडामा विसर्जन गरिँदै आएको र माग पूरा नभएपछि आन्दोलनमा उत्रिन परेको स्थानीयको भनाइ छ।
बन्चरेडाँडा ल्यान्डफिल साइटमा रहेको समस्या समाधानमा काठमाडौं महानगर र सरकारले तत्परता नदेखाएको तथा फोहोर र मानिसलाई सँगै राखिनु गलत भएको प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले बताए।
उनी प्रभावितहरूसँगै धर्नामा सहभागी भएका छन्। माग पूरा गराउन दवाव दिने उद्देश्यले ‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट–धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानव बस्तीरहित ल्याण्डफिल साइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहोर विसर्जनमा अवरोध गर्ने चेतावनी दिएको हो।
चेतावनीसँगै धर्ना सुरु हुने बित्तिकै प्रहरीले सरोकार समितिका संयोजक श्रीराम ढुंगाना, सहसंयोजक सनत उप्रेती, सदस्यहरू लवकुमार घिमिरे, नित्यराज ढुंगानासहित १४ जनालाई नियन्त्रणमा लिएको समितिका सदस्य श्रीहरि ढकालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)