दुई चेलीलाई न्याय माग्दै ढल्केबरमा प्रदर्शन

दुई चेलीलाई न्याय माग्दै ढल्केबरमा प्रदर्शन
सुन्नुहोस्

ढल्केबर(धनुषा) : बुधबार देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइरहँदा धनुषाको ढल्केबरमा दुई चेलीलाई न्याय माग्दै प्रदर्शन गरिएको छ। रिंकु सदा र प्रकृति लम्सालको न्यायका लागि धनुषाको ढल्केवरमा प्रदर्शन गरिएको हो। 

सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदा र भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत रूपन्देहीकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु प्रकरण बारे निष्पक्ष छानबिन गर्न माग गर्दै सचेत युवाहरूले ढल्केबरमा विरोध ¥याली निकाल्दै प्रदर्शन गरेका हुन्। 

उनीहरूले रिंकु र प्रकृतिको सम्झनामा मैनबत्ती बालेर घटनामा संलग्न र पञ्चायती गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। प्रदर्शनका क्रममा उनीहरूले ‘बलात्कार पीडितलाई न्याय दे, अपराधीलाई कारबाही गर, बलात्कारको मूल्य तोक्ने पञ्चहरूमाथि कारबाही गर, जस्टिस फर रिंकु सदा, प्रकृति लम्साललाई न्यायदे लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। कोणसभामा महिला अधिकारकर्मी बिना कडारी, दीपिका लामा, सामाजिक अभियन्ता विजय दास, युवा अभियन्ता रबिन्द्र महतोलगायतले मन्तव्य राखेका थिए। महिला अधिकारकर्मी बिना कडारीले रिंकुकुमारी र प्रकृति लम्सालमाथि अन्याय भएको बताइन््। दोषीलाई कानुनी कठघरामा ल्याइएन भने हामी थप सशक्त आन्दोलन गर्ने जानकारी दिइन्। 

सामाजिक अभियन्ता विजय दासले महिलामाथिको हिंसाको अन्त्य हुनुपर्ने बताए। रिंकु र प्रकृति मात्र होइनन् हरेक पीडितका लागि न्याय खोज्नु सबैंको दायित्व उनले उल्लेख गरे। रिंकु सदा र प्रकृति लम्साल दुवै घटनामा पीडितलाई न्याय दिनुपर्ने वक्ताहरूको भनाइ थियो।

अपहरण र सामूहिक बलात्कारमा परेको घटना गाउँमै मिलाउन भएको पञ्चायतीपछि रिंकु आफ्नै घरको टिनको छानोमा पासो लगाइ झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। रिंकु गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्कँदा स्थानीय तीन युवकबाट सामूहिक बलात्कारमा परेकी थिइन्। घटनालाई पञ्चायती बसेर गाउँमै ढाकछोप गर्ने प्रयास गरिएको थियो।

त्यस्तै, भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति मृत फेला परेकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.