वनमा लागेको आगो बस्तीमा पस्दा तीन घर जले

वनमा लागेको आगो बस्तीमा पस्दा तीन घर जले

बागलुङ : बागलुङमा सामुदायिक वनमा लागेको बस्तीमा पुग्दा तीन घर जलेर नष्ट भएका छन्। चार दिन अगाडिदेखि वडा नम्बर १ र २ को सिमानामा रहेको नुनथला सामुदायिक वनमा लागेको आगो सोमबार साँझ वन नजिकै रहेको वडा नम्बर २ को गुराँसे गाउँमा फैलिएको थियो। 

मानवबस्तीमा आगो फैलिँदा तीन घर र पाँच गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक बाबु केसीले जानकारी दिए।

आगलागि हुँदा ताराखोला गाउँपालिका–२ को गुराँसेटोलका फुल कुमार दर्जीको एक घर र एक गोठ, ईश्वरा दर्जीको एक घर र एक गोठ, नर बहादुर दर्जिको एक घर र एक गोठ, अमृतालाल दर्जीको एक गोठ र याम बहादुर दर्जीको एक गोठ जलेर पूर्ण रुपमा नष्ट भएको प्रनि केसीले बताए। 

गुराँसेमा भएको आगलागीबाट घरमा रहेका सबै सामग्री जलेर नष्ट भएका छन्भने दुहुना भैंसी, बाख्रा गरी १० वटा जलेर मरेको स्थानीय दुर्गाबहादुर रोकाले जानकारी दिए। 

डढेलो नियन्त्रण बाहिर गएकाले थप क्षति हुन नदिन काठेखोला गाउँपालिकाको घोडाबाँधेस्थित श्री मेहर गणका सेनाको सहायतामा प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीको सहायताले नियन्त्रणमा लिइएको प्रनि केसीले बताए। उनले आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताए।

डढेलोबाट जंगलमा भएको रुख, जीव जनावर, बहुमूल्य जडिबुटी मासिएका छन्। विभिन्न कारणले जंगलमा आगलागी हुने गरे पनि कतिपयले जानीजानी आगो लगाइदिने गरेको देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.