मन्त्रिपरिषद्को बैठक बस्दै, मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारी
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बिहीबार बस्न नसकेको नियमित बैठक आज दिउँसो बस्न लागेको बालुवाटार स्रोतले जनाएको छ।
आजको बैठकमा मिडिया काउन्सिल सम्बन्धी विधेयक पारित गर्ने तयारी रहेको सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। उनका अनुसार मिडिया काउन्सिल सम्बन्धी विधेयक मन्त्रिपरिषद्को विधेयक समितिबाट पारित भइसकेको भन्दै आजको बैठकबाट नै पारित हुनेछ।
यसैगरी शिक्षा मन्त्रालयले सार्वजनिक गरेको चिकित्सा शिक्षा अध्ययन समितिको प्रतिवेदन कार्यान्वयनको प्रस्ताव बैठकले पारित गर्ने सम्भावनासमेत रहेको छ।