एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित, पदाधिकारीमा को-को भए विजयी ?

एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित, पदाधिकारीमा को-को भए विजयी ?
सुन्नुहोस्

सिन्धुली : नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ विजयी भएका छन्। बुधबारबाट भएको आठौँ अधिवेशनबाट जिल्ला कमिटीको अध्यक्षमा श्रेष्ठ ४४१ मत प्राप्त गर्दै विजयी भएका हुन्।

श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी कुमार बहादुर कार्की (रामकुमार) लाई १३७ मत अन्तरले पराजित गरेका हुन्। कार्कीले भने ३०४ मत मात्र प्राप्त गरेका छन्। 
श्रेष्ठ एमाले कमलामाई नगर कमिटीका अध्यक्ष हुन् भने कार्की निवर्तमान जिल्ला अध्यक्ष हुन्। 

यस्तै कर्णबहादुर घिसिङ उपाध्यक्षमा दोहोरिएका छन्। उनले खडगबहादुर रजन (धिरज) लाई ५३ मतले पछि पार्दै दोस्रो पटक उपाध्यक्ष पदमा निर्वाचित भएका हुन्। घिसिङले ३९४ मत प्राप्त ल्याउँदा धिरजले ३४१ मत पाए। 

मुख्य निर्वाचन अधिकृत पदमबहादुर मगरका अनुसार अधिवेशनबाट सचिव पदमा नवराज थिङले ४०१ मत प्राप्त गर्दै विजयी भए। उनको निकटतम् प्रतिद्वन्द्वि नारायण बरालले ३२८ मत प्राप्त गरे। बराल सातौं अधिवेशनमा सर्वसम्मत सचिवमा चयन भएका थिए।

उपसचिव (खुलातर्फ)दिपेश बराल र महिलातर्फ पार्वती भट्टराई विजयी भएका छन्। बरालले २३५ मत प्राप्त गरेर विजयी भएका हुन्। उनको निकटतम प्रतिद्वन्द्वी कुमार शर्माले १५६ मत, राजु बरालले १५१, टिकाबहादुर देवकोटाले ९७ र शंकर कुमार कार्कीले ४५ मत प्राप्त गरे।

उपसचिव (महिला) मा भट्टराईले सर्वाधिक ४८४ मत पाएर विजयी भइन्। उनको प्रतिद्वन्द्वी मिथुला कुमारी घिमिरेले २२० मत पाइन्। 

अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि शुक्रबार मतदान भएको थियो। निर्वाचनमा कुल ७८३ मतदाता रहेकोमा ७५४ जनाले मतदान गरेका थिए। यस अघि लेखा समिति संयोजकमा संजय कुमार दाहाल लगायत ३६ जना सर्वसम्मत चयन भएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.