खेल संघलाई राखेपको ११ बुँदे निर्देशन

खेल संघलाई राखेपको ११ बुँदे निर्देशन
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल संघलाई ११ बुँदे निर्देशन दिएको छ । राष्ट्रिय खेल संघले आ–आफ्नो खेल संरचना अनुरुप सञ्चालन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता एवं सहभागिता, नियमित प्रशिक्षण, सेमिनार, ग्रेडिङ, संगठन संरचना तथा आर्थिक क्रियाकलापलगायतका विषयमा १५ दिनभित्र निर्देशन कार्यन्वयनसम्बन्धी खाका राखेप समक्ष पेश गर्न सदस्यसचिवस्तरीय निर्णयानुसार राखेपले राष्ट्रिय खेल संघलाई ११ बुँदे निर्देशन दिएको हो। 

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को देहाय (ड) अनुसार भएको निर्देशन सम्बन्धमा तोकिएको अवधिभित्र कार्यान्वयनको स्पष्ट खाका र तालिका सहितको जवाफ उपलब्ध गराउन भनिएको छ।

राखेपको ११ बुँदे निर्देशन :

  • १. राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २२ को उपदफा १(ग) बमोजिम आवधिक निर्वाचन नभएका राष्ट्रिय खेल संघ/महासंघहरूलाई निर्वाचन कार्यान्वयनको खाका र समयतालिका
  • पेस गर्नुपर्ने।  
  • २. प्रचलित कानुनबमोजिम संघ/महासंघ नविकरण हुन आउँदा चालु आवको वार्षिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन २/२ प्रति, आगामी वर्षको कार्ययोजनासहित प्रचलित कानूनी भएका व्यवस्था अनुरुप अनिवार्य रुपमा समावेश भई आउनु पर्ने। 
  • ३. राष्ट्रिय खेल संघले पेश गर्ने खेलकुदसम्बन्धी नीति, कार्ययोजना तथा बार्षिक खेलकुद कार्यक्रम तयार गर्दा फरक क्षमता भएका खेलाडीहरूले खेल्ने पारा खेलकुद सम्बन्धी योजना तथा खेलकुद कार्यक्रम समावेश गर्नुका साथै संघको विधान तथा उद्देश्यमा पारा खेलकुद सम्बन्धी व्यवस्था अनिवार्य रुपमा समावेश गरी सो को जानकारी परिषदलाई गराउनु पर्ने । 
  • ४. आर्थिक कारोबार गर्दा ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन, २०७६’ बमोजिम गर्न/गराउन लगाउने र सामाग्री तथा सेवा खरिद गर्दा सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४” बमोजिम गर्न/गराउनु पर्ने।
  • ५. राष्ट्रिय खेल संघ/महासंघको विषयमा परेका निवेदन/उजुरीहरूको सम्बन्धमा परिषदबाट माग गरिएको राय/ प्रतिक्रिया एवं आवश्यक कागजातहरू तोकिएको समय भित्र अनिवार्य रुपमा बुझाउनु पर्ने।
  • ६. अन्तर्राष्ट्रिय संघ/महासंघ तथा अन्तर्राष्ट्रिय संस्था वा व्यक्तिबाट सहयोग प्राप्त गर्दा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को देहाय (ज) बमोजिम परिषदको सिफारीसमा मन्त्रालय मार्फत नेपाल सरकारको अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्ने साथै, अन्तर्राष्ट्रिय संघ/महासंघ, अन्तर्राष्ट्रिय संस्था तथा परिषदबाट प्राप्त अनुदान वा अनुदानबाहेक संघ तथा महासंघहरूको अन्य स्रोतबाट सञ्चालन भएका खेलकुदसम्बन्धी कार्यक्रमहरू सम्पन्न भएपश्चात सो को प्रतिवेदन १५(पन्ध्र) दिनभित्र परिषद्मा अनिवार्य रुपमा बुझाउनु पर्ने। 
  • ७.    संघ/महासंघले परिषद समक्ष आर्थिक सहयोग एवं अनुदान माग गरी पठाउँदा वा सिफारीस गरी पठाउँदा परिषद्द्वारा स्वीकृत प्रतियोगिता र कार्यक्रमहरूको लागि मात्र माग गरी वा सिफारिस गरी पठाउन पर्ने। राष्ट्रिय खेल संघ/महासंघको आयोजना एवं सहभागितामा हुने उपरोक्त खेलकुद गतिविधिहरूको लागि अन्तर्राष्ट्रिय संघ/महासंघ एवं परिषदबाट प्राप्त आर्थिक सहयोगको विवरण संघ/महासंघको बार्षिक लेखा परिक्षण प्रतिवेदनमा स्पष्ट रुपमा उल्लेख भई परिषद्समक्ष पेस गर्नुपर्ने। 
  • साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्दा तथा सहभागिता जनाउँदा सहभागी खेलाडी, प्रशिक्षक एवं व्यवस्थापकहरूको  खेलकुद विमालेख अनिवार्य रुपमा भएको हुनु पर्ने। अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा खेलाडीसंग आवश्यक प्रशिक्षक तथा अफिसियलको 
  • संख्या पेश गर्नुपर्ने।
  • ८. महासंघ तथा संघहरूले आर्थिक कारोबारको सहजताको लागि आर्थिक विनियमहरू तर्जुमा गर्दा परिषद्को स्वीकृतिमा नेपाल सरकारको आर्थिक कार्यविधिसँग नबाझिने गरी तयार गर्नुपर्ने। 
  • ९. मार्सल आर्टसम्बन्धी खेलसंघहरूबाट डान/डिग्रीको सर्टिफिकेट उपलब्ध गराउँदाको शुल्क तथा आवद्ध डोजो/डोजाङ, क्लबलगायतका खेलकुद गतिविधिहरू संचालन गर्ने संस्थाहरूको दर्ता र आबद्ध शुल्क/नवीकरण शुल्क/खेलाडी परिचयपत्र शुल्क सम्बन्धी व्यवस्था संघ/महासंघको विधान/नियम/कार्यविधिमा स्पष्ट व्यवस्था हुनु पर्ने र प्राप्त सम्पूर्ण शुल्कहरूको विवरण पारदर्शी र स्पष्ट हुनुका साथै उपयोग र खर्चसम्बन्धी व्यवस्था संघ/महासंघको कार्यविधिमा उल्लेख हुनु पर्ने। साथै राष्ट्रिय खेल संघ/महासंघको आम्दानी तथा खर्च सम्बन्धी सम्पूर्ण विवरणहरू प्रत्येक बर्षको असोज मसान्त भित्र परिषद समक्ष अनिवार्य रुपमा बुझाउनुपर्ने। 
  • १०.परिषदसमक्ष विभिन्न खलकुद सम्बन्धी कार्यक्रम तथा प्रतियोगिताहरूसँग सम्बन्धित  भुक्तानीको लागि अनुरोध गर्दा भुक्तानीको विषयसंग सम्बन्धित कार्यक्रम सम्पन्न र प्रगतिको विस्तृत प्रतिवेदन २ प्रती, त्यसको डिजिटल कपी र सक्कल बिल भर्पाइ र अन्य आवश्यक सम्पूर्ण कागजातहरू समावेश गरी पठाउनुपर्ने । 
  • ११. राष्ट्रिय खेल संघ/महासंघले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ लाई पूर्णरुपमा पालना गरी आ–आफ्नो खेलकुद गतिविधि एवं कृयाकलापहरू संचालन गर्नु पर्ने छ।

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.