प्रहरीलाई कम्प्युटर हस्तान्तरण

नुवाकोट : विदुर नगरपालिकाले जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई तीन थान कम्प्युटर प्रदान गरेको छ।
प्रविधिमैत्री सुरक्षामा जोड दिँदै नुवाकोटमा प्रहरीलाई कम्प्युटर प्रदान गरिएको हो।
मेयर राजन श्रेष्ठले कम्प्युटर लगायतका उपकरणहरू प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक शान्तिराज कोइरालालाई हस्तान्तरण गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !
