राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक

कुनै खास भूगोल वा जातिको मात्र पैरवी गर्ने पार्टी राष्ट्रिय शक्ति बन्न सक्दैन : ज्ञवाली


काठमाडौं : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कुनै खास भूगोल वा जातिको मात्र पैरवी गर्ने पार्टी राष्ट्रिय शक्ति बन्न नसक्ने दाबी गरेका छन्। आइतबार एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको समापन समारोहमा बोल्दै उनले राष्ट्रिय शक्ति बन्न सबैको प्रतिनित्व गर्न सक्ने सामर्थ्य राख्नुपर्ने धारणा राखेका हुन्।

राष्ट्रिय शक्ति जनताको सामुहिक शक्तिबाट आर्जन हुने उर्जा भएको तर्क गरे। ‘राष्ट्रिय शक्ति जनताको सामुहिक शक्तिबाट आर्जन हुने उर्जा  हो।’ उनले भने, ‘राष्ट्रिय शक्ति हुनुको तात्पर्य मुलुकलाई स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रबारे सुस्पष्ट सोच र त्यसमा हासिल गर्ने क्षमता विकसित गर्नु हो। अर्थतन्त्रमा स्वाधिनता र सबलता बिना कुनैपनि राष्ट्रले आफ्नो सार्वभौम सत्ता र स्वतन्त्रता विकास गर्न सक्दैन।’

एमालेले नेता कार्यकर्ताको मूल्याङ्कनका आधारमा जिम्मेवारी दिनुपर्ने धारणा राखे। पार्टी सदस्य बलियो नभएसम्म पार्टी बलियो हुन नसक्ने एमालेको ठहर छ। उनले योग्यता नपुगेका व्यक्ति पनि पार्टी सदस्यमा रहेकाले त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता रहेको छ। उनले भने, ‘पार्टी सदस्य बन्दा गौरव गर्ने वातावरण तयार गर्नुपर्छ।’ 

उनले जनताले एमालेलाई खोज्ने वातावरण तयार गर्न सके मात्र निर्वाचनबाट एकल बहुमत ल्याउन सकिने तयारी गरे। जनभावना र जनताका मुद्दा उठाएर अगाडि बढाउन सकेमात्र  मिसन ८४ सफल हुने बताउँदै उनले सोही अनुसार लाग्न सबै नेता कार्यकर्तालाई निर्देशन दिए। उनले युवालाई चलायमान बनाउनसमेत आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.