रामेछाप नगरपालिकामा आगलागी, घर गोठ जले

रामेछाप नगरपालिकामा आगलागी, घर गोठ जले
सुन्नुहोस्

रामेछाप : रामेछापको रामेछाप नगरपालिका–७ डुँडेमा आगलागी हुँदा घर गोठ जलेर नष्ट भएका छन्। आइतबार दिउँसो जङ्गलमा लागेको आगो गाउँमा २ वटा घर केही गोठहरु जलेर पूर्णरुपमा क्षति भएको छ। 

आगलागीबाट तेजबहादुर मगरको जस्ताको छाना भएको १ घर र खरले छाएको २ वटा गोठ पूर्णरुपमा जलेको छ। रोहित हायूको ३ वटा खरले छाएको गोठ र डेकबहादुर श्रेष्ठको १ घर र गोठ जलेको स्थानीय रोहित हायूले जानकारी दिए।

आगलागीबाट मानवीय तथा पशुचौपायामा क्षति नभए पनि घरभित्र रहेको धनमाल, अन्नपात, लत्ताकपडा सबै जलेर नष्ट भएको हायूले बताए।

यसैबीच रामेछाप नगरपालिका–६ डान्सिङटारमा आगलागी हुँदा ४ वटा घर गोठ जलेर नष्ट भएको छ। आइतबार दिउँसोको समयमा जङ्गलमा लागेको आगो गाउँमा पस्दा २ वटा घर र २ वटा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको हो।

आगलागीबाट जबरबहादुर गोले र तुलामाया मगरको घर जलेर नष्ट भएको स्थानीय पूर्णबहादुर मगरले जानकारी दिए। आगलागीबाट घरमा भएको सबै अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको स्थानीय बताएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.