वीरगन्जको अलौंमा आगलागी : सात घर जलेर नष्ट

वीरगन्जको अलौंमा आगलागी : सात घर जलेर नष्ट
आगलागीबाट जलेको घर। तस्बिर : क्रान्ति शाह।
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज महानगरपालिका-१७ अलौको बुढियामाई टोलमा मंगलबार बिहान आगलागी हुँदा सात घर जलेर नष्ट भएको छ। 

मंगलबार बिहान करिब ३ बजेतिर महेन्द्र सहनीको फुसको घरमा विद्युतको तार सर्ट भइ लागेको आगो छिमेकका अन्य ६ वटा घरमा पनि सल्किएर  सहनीकोसहित सात वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको हो।

nullआगलागीबाट महेन्द्र सहनी, मैना सहनी, वीरेन्द्र सहनी, तुफान सहनी, फुलदेव सहनी, अभय सहनी र अदालत साहको घर पूर्णरूपमा जलेर नष्ट भएको हो। सात घरसहित घरमा रहेको अन्नपात, लत्ताकपडा, सुनचाँदी र चौपाया गरि अन्दाजी ५३ लाख ९० हजार रूपैयाँ बराबरको क्षति भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार उक्त आगो वीरगन्ज महानगरपालिका र पोखरिया नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान ५ बजेतिर पूर्ण रुपमा नियन्त्रणमा आएको थियो।

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.