रौतहटको करुनीयामा आगलागीबाट सात घर जले

रौतहटको करुनीयामा आगलागीबाट सात घर जले
सुन्नुहोस्

रौतहट:  देवाही गोनाही नगरपालिकाको करुनीया टोलमा मंगलबार दिउँसो आगलागी हुँदा सात घर जलेर नष्ट भएको छ। वडा नम्बर १ करुनीया टोलमा विद्युत सर्ट भई आगलागी हुँदा सात जनाको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो। 

दिउँसो साढे ३ बजे सल्किएको आगो करिब ५ बजे नियन्त्रणमा आएको सशस्त्र प्रहरी बल नेपाल गण ११ हेडक्वाटर रौतहटले जानकारी दिएको छ। देवाही गोनाही सुरक्षा बेस क्याम्प र इलाका प्रहरी कार्यालय देवाहीबाट खटिएका सुरक्षाकर्मीहरू, स्थानीय बासिन्दाहरू तथा गौर नगरपालिकाबाट गएको बारुणयन्त्रको सहयोगले आगो निभाइएको सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईंले बताए।

साबिर हुसेन, नजारुल अन्सारी, अन्सारुल अन्सारी, ईद महमद, मजिद अन्सारी, सोभराती अन्सार, अलिशेर अन्सारको घरमा रहेका अन्न, लत्ताकपडा, भाडा, नगदसहितका सामानहरू जलेर नष्ट हुँदा करिब १६ लाख ९० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.