दम्पत्ती हत्यामा संलग्न दुईजना आरोपी सार्वजनिक

दम्पत्ती हत्यामा संलग्न दुईजना आरोपी सार्वजनिक
पर्वतको जलजला–२ दहमा भएको दम्पत्ती हत्या घटनामा संलग्नलाई सार्वजनिक गरिँदै । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

बेनी  :पर्वतको जलजला गाउँपालिका – २ मल्लाजको दहमा एक महिनाअघि भएको दम्पत्ती हत्या घटनाका आरोपीतलाई प्रहरीले सार्वजनिक गरेको छ । जलजला गाउँपालिका म्याग्दीको सदरमुकाम बेनी बजारसँगै सिमाना जोडिएको पर्वतको स्थानीय तह हो । गत चैत १९ गते राति ६९ वर्षीय सूर्यबहादुर जिसी र उनको श्रीमती ६७ वर्षीय गमला जिसीको घर भित्रै विभत्स हत्या भएको थियो ।

हत्यामा संलग्न जलजला –२ नेपानेका कृष्ण बिक र कुश्मा नगरपालिका –२ खुर्कोट घर भई जलजला –२ बौर बस्ने दिपक दर्जीलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । 

‘आरोपीले हत्या स्विकार गरेका छन्,’उनले भने, ‘पक्राउ परेकालाई अदालत बाट म्याद थपेर थप अनुसन्धानलाई निरन्तरता दिएका छौं।’हत्यामा संगलग्नहरूले लुटपाट गरेको सुनलाई गाल्ने र खरिद गर्ने थप दुईजनालाई पनि नियन्त्रणमा लिएको छ । 

जलजला गाउँपालिका –१ घर भइ हाल कास्की जिल्ला पोखरा महानगरपालिका –२५ हेम्जामा डेरा गरेर बस्ने ६०  वर्षीय कर्णबहादुर विकलाई लुटपाट भएको सुन गालेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसैगरी बागलुङ नगरपालिका –७ घर भइ वागलुङ– २ लोकतान्त्रिक चोकमा रहेको पूर्णिमा सुनचाँदी पसलका सञ्चालक परशुराम विकलाई सुन खरिद गरेको आरोपमा नियन्त्रणमा लिएको छ ।

घटनाको जिल्ला प्रहरी कार्यालय पर्वत,म्याग्दी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरेको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो,प्रदेश प्रहरी कार्यालय,पर्वत प्रहरी कार्यालय र म्याग्दी प्रहरी कार्यालयको संयुक्त फोर्सले मिसन ‘लालि गुराँस’ नामको अनुसन्धान अप्रेसन चलाएको थियो ।

अनुसन्धानको शुक्ष्म अनुसन्धान गर्नु यो समूहको दायित्व थियो । हत्यामा संग्लन्न बारदात स्थलबाट फरार भएका कारण अनुसन्धान टोलीलाई अनुसन्धान गर्न जटिल थियो । यद्यपि टोलीले हत्यामा सग्लन्न दुईजना आरोपीलाई पक्राउ गरेको हो । 

उनीहरुले जिसी दम्पत्तीको साथमा रहेको आधा तोला सुन लुटपाट गरी बिक्री गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको पर्वत प्रहरी प्रमुख खुमलाल भुषालले जानकारी दिएका छन् । जिसी दम्पत्तीको हत्या लुटपाट गर्ने उद्देश्यले भएको अनुसन्धानका क्रममा खुलेको छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.