६ वर्षदेखि रारामा सरसफाइ गर्दै सिंहबहादुर

६ वर्षदेखि रारामा सरसफाइ गर्दै सिंहबहादुर
रारा क्षेत्रमा सरसफाइ अभियानमा लागेका छाँयानाथ रारा नगरपालिका–८ का सिंहबहादुर कामी । तस्बिर : जीवन सेजुवाल
सुन्नुहोस्

मुगु : छायाँनाथ रारा नगरपालिका–८ जुगा गाउँका ३८ वर्षीय सिंहबहादुर कामी रारा क्षेत्र आसपासको सरसफाइमा जुटेका ६ वर्ष भइसक्यो । रारा तालबाट डेढ घण्टा टाढा रहेको चुगा गाउँबाट बिहानै हिँडेर सल्लेरीबाट सरसफाइ सुरु गर्दै उनको दैनिकी सुरुवात हुन्छ ।

रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले आफ्नो साथमा ल्याएका प्लास्टिकजन्य र पेय पदार्थका सामग्री सही ठाउँमा बिसर्जन नगर्दा रारामा वाताबरणीय प्रदूषण बढेको छ । यसको ठूलो चिन्ताले गर्दा सिंहबहादुरले रारा राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिसँग समन्वय गरी ६ वर्षसम्म एक्लै सरसफाइमा जुटेका हुन् । सिंहबहादुरले रारा पुग्ने सबैलाई उनीहरू बसेको र हिँडेको स्थानमै पुगी फोहोर सही ठाउँमा बिसर्जन गर्न सल्लाहसमेत दिने गरेका छन् । रारा क्षेत्रको सरसफाइ र राराको सुन्दरता कायम राख्ने विषयमा उनी निकै चिन्तित हुने गरेको डाँफे होटलका सञ्चालक पूर्णदेवी बमले बताइन् । 

०७५ सालदेखि रारा क्षेत्रको सरसफाइमा जुटेका सिंहबहादुरलाई सरसफाइ गरेबापत मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले महिनाको १० हजार पारिश्रमिक उपलब्ध गराउने गरेको छ । श्रीमती, दुई छोरा र एक छोरीसहित पाँचजनाको परिवारलाई यही १० हजार रूपैयाँले महिनाभर जसोतसो गरी पुर्‍याउनु परेको उनले बताए । आफ्नो दैनिकी राराको सरसफाइमै बित्न थालेपछि घरको काममा बाधा पुग्न थाल्यो भन्दै उनकी श्रीमतीले सरसफाइ छाड्न दबाब दिइन् । २०७९ सालको जेठ असारतिर उनले करिब दुई तीनदिन सरसफाइमा गएनन् । तर, उनको मनले मानेन । राराको मिलि क्षेत्रमा पुग्दा दुई दिनभित्र जताततै प्लााष्टिक र पेय पदार्थका बोतल मात्र देखे उनले । त्यसपछि पुनः ती फोहोर संकलन गरी फेरि उनी सरसफाइमै जोडिए ।

अहिले मध्यवर्ति क्षेत्र व्यवस्थानपन समितिले १० हजारबाट ३ हजार थपेर १३ हजार रूपैयाँ मासिक दिँदै आएको भए पनि बजारको महँगीले पाँचजनाको परिवारलाई दैनिकी धान्न सारै गाह्रो भएको सिंहबहादुरले गुनासो गरे ।रारा घुम्ने सिजन सुरु भएपछि यहाँ पर्यटकहरूको संख्या वार्षिक ५ हजारदेखि १० हजारसम्म पुग्छ । उनी बिहानै घरबाट हिँडेर सल्लेरीबाट सुरु गर्दै ताल वरिपरि भेटिएका फोहोर सकंलन गरी आगोमा नष्ट गरेपछि बेलुका घर जाने मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिका सचिव लोकेन्द्र बम बताउँछन् । 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.