पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न देउवाले बोलाए विपक्षी दलको बैठक

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न देउवाले बोलाए विपक्षी दलको बैठक

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक बोलाएका छन्। संसदीय दलको बैठक सकिए लगत्तै संयुक्त छलफल गर्न विपक्षी दलहरूलाई बोलाएको कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले जानकारी दिए।  बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा छलफल जारी छ।

कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी,जनमत पार्टी,जनता समाजवादी पार्टी,लाोकतान्त्रिक समाजवादी पार्टीलगायतलाई छलफलका लागि बोलाएको छ। पछिल्लो सृजित राजनीतिक घटनाक्रमका बारेमा विपक्षी दलहरूबीच छलफल हुने बताइएको छ। 

आजै बिहान बसेको संसदीय दलको बैठकले संसदीय छानबिन समितिबाट पछि नहट्ने निर्णय गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै नाराबाजी गरेको  थियो। विरोधकै बीच सभामुख देवराज घिमिरेले संसदको कार्यसूची अगाडि बढाएपछि कांग्रेस थप आक्रामक बनेको थियो। सोही क्रममा सत्ता पक्ष र प्रतिपक्षबीच घम्साघम्सी समेत भएको थियो।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै कांग्रेसले संसदीय समितिको माग गर्दै आएको छ। समिति गठन नभएसम्म संघीय संसदका दुवै सदनमा अवरोध जारी राख्ने कांग्रेसको अडान छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.