सभामुखको भूमिका तटस्थ देखिएन,सरकार जनहितविरोधी कार्यमा उद्दत : कांग्रेस

सभामुखको भूमिका तटस्थ देखिएन,सरकार जनहितविरोधी कार्यमा उद्दत : कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेको भूमिकालाई लिएर प्रश्न उठाएको छ। कांग्रेसले तटस्थता र निष्पक्षताका साथ सदन चलाउन  सभामुख घिमिरेलाई अनुरोध समेत गरेको छ।

शुक्रबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले सदनमा सभामुखको भूमिका निष्पक्ष नदेखिएको र तटस्थ र निष्पक्ष भएर सदन सञ्चालन गर्न समेत आग्रह गरे।

'हिजोको प्रतिनिधिसभा बैठक सञ्चालनको विषयलाई लिएर गम्भीररुपले ध्यानाकर्षण भएको छ। विपक्षी दल उभियो भने मात्रै पनि संसद अवरोध मानिन्छ। तर सिंगो प्रतिपक्ष नारा लगाउँदै गर्दा बैठक सञ्चालन गर्नेकुरा उचित होइन। सभामुखको पद तटस्थता र निष्पक्षताको पद हो।  सभामुख सबै दलको सभामुख हो,'उनले भने,'हामीले सभामुखलाई तटनस्थता र निष्पक्षताका साथ बैठक सञ्चालन  गर्न आग्रह गरेका छौं।'

उनले सहकारी ठगीमा संलग्न भएका व्यक्तिहरूलाई बचाउन सरकार नै उद्दत भएको आरोप लगाए। उनले जनहितविरोधी काममा नलाग्न सरकारको ध्यानाकर्षण समेत गराए। 

उनले संसदीय छानबिन समिति कांग्रेसको बटमलाइन रहेको बताए। उनले भने,'छानबिन समिति हाम्रो बटमलाइन हो। यसबाट पछि हट्दैनौं।'

बिहीबारको प्रतिनिधिसभा बैठकमा छानबिन समितिको विषयलाई लिएर कांग्रेसले अवरोध जनाएको थियो। अवरोधकै बीच सभामुख घिमिरेले सदन अगाडि बढाएपछि कांग्रेस थप आक्रमक बनेको थियो। सोही क्रममा सत्ता पक्ष र विपक्षी दलका सांसदबीच धकेलाधकेल समेत भएको थियो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.