गोसाइँकुण्ड मार्गको शिलान्यास
![गोसाइँकुण्ड मार्गको शिलान्यास](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_vyBFlebfol_k0FXzt4rTB.jpg)
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको चनौटे–थापाटार, इचोक–कुटुमसाङ खण्डअन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास गरिएको छ।
बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले मार्गको शिलान्यास गरेका हुन्। यो मार्गको १० दशमलव ५ किलोमिटर सडक पक्की बनाइने पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका प्रमुख भरतकुमार यादवले जनाए। जसमध्ये ५ सय मिटर सडक खण्ड ढलान गर्नुपर्ने उनले बताए। सडक निर्माणका लागि गौरी गणेश एसआरबी जेभीले १५ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको छ। सम्झौता अनुसार २०८३ वैशाख १६ गतेभित्र काम सम्पन्न गर्नुपर्ने छ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दुलालले समयमै काम सम्पन्न गराउन लागि स्थानीयलाई उल्लेख्य सुधार गर्न आग्रह गरे। हेलम्बुमा सडक विकासको प्रारम्भ भएकाले अब विकासको कामले गति लिने उनले बताए। दुलालले प्रदेशले मेलम्ची ग्याल्थुम, किउल तिम्बु हुँदै मेलम्ची घ्याङ सडकलाई प्रदेशले गुरु योजनाका रुपमा अगाडि बढाएको भन्दै अहिले तत्कालै मेलम्ची खानेपानीले हेर्ने भएकाले बजेट हालेर काम गर्न कानुनी जटिलता भएपनि विभिन्न निकायलाई भनेर सडक पक्की गर्ने कुरामा प्रदेश सरकार सकारात्मक रहेको बताए।
मन्त्री दुलालले मेलम्ची खोलालाई दीर्घकालीन रुपमा कसरी नियन्त्रण गर्ने र यहाँ धनसम्पत्तिको कसरी संरक्षण गर्ने भन्ने बारेमा अध्ययन योजनाका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै उनले हेलम्बुमा अझै विकासको वातावरण नभएको भन्दै तीन तहको सरकारको महत्व हेलम्बुले नबुझेको बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)