प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची ?

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची ?
सुन्नुहोस्

काठमाडौं : संघीय संसदअन्तरगतको प्रतिनिधिसभा बैठक बस्दैछ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने संभावित कार्यसूची छ।

बैठकमा सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने संभावित कार्यसूचीमा उल्लेख  छ।

यसैगरी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संघीय संसदनको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्नेछन्।

प्रधानमन्त्रीले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० पेश गर्ने कार्सूची छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ पेश गर्ने संभावित कार्यसूचीमा उल्लेख छ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले राजनीतिक दलसम्बन्धी 'दोस्रो संशोधन विधेयक २०८०' लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.