लामिछानेको नाम राख्ने कि नराख्ने भन्ने विवाद कायमै

कार्यदलको बैठक : टीओआरमा सहमति जुटेन, कांग्रेसले माग्यो थप समय

कार्यदलको बैठक : टीओआरमा सहमति जुटेन, कांग्रेसले माग्यो थप समय

काठमाडौं : सत्ता पक्ष र प्रतिपक्ष आ-आफ्नै अडानमा रहँदा संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बसेको कार्यदलको बैठकमा सहमति जुटेको छैन। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा आइतबार बसेको कार्यदलको बैठकमा दलहरु  सैद्धान्तिक सहमतिको नजिक पुगेपनि टीओआर टुंग्याउन बाँकी रहेको हो।

सिंहदरबारमा भएको बैठकपश्चात एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेससँग सैद्धान्तिक रुपमा सहमति भएपनि बुँदागत रुपमा टुंग्याउन समय लाग्ने जानकारी दिए। उनले भने, ‘सहमति नजिक पुगेका छौं तर बैठक टुंगिएको छैन, मोटामोटी छलफल भएको छ। एकाध विषयमा कांग्रेसको असहमति छन्। कांग्रेसले थप छलफल गर्न समय माग गरेको छ। सैद्धान्तिक रुपमा सहमति भएपनि बुँदागत रुपमा आज बेलुकासम्म टुंगिन सक्छ।’

कांग्रेसले समय मागेपछि कार्यदलको बैठक २० मिनेटका लागि स्थगित भएको छ। विषयगत, नीतिगत र कानुनी रुपमा कसरी लाभ हुन सक्छ भनेर टीओआर टुंग्याउनुपर्ने भएकाले केहि समयपश्चात सहमत हुन सक्ने उनले बताए। ‘समग्र समस्याग्रत सहकारीको समाधान होस्, संसदीय छानबिन समिति भनेको सांसदहरुको स‌ंलग्नतामा हुने समिति हो, त्यसले अनुसन्धान अधिकारीको रुपमा कति काम गर्न सक्छ/सक्दैन त्यो पनि याद गरौं।’बर्तौलाले भने, ‘नीतिगत र कानुनी पक्षमा कसरी लाभ हुने गरी पुग्न सकिन्छ भन्ने ठाउँबाटै टीओआर निर्माण गरौं भन्ने सहमति भएको छ।’

कार्यादेशमा उपप्रधानमन्त्री गृहमन्त्री रवि लामिछानेको नाम राख्ने कि नराख्ने भन्ने विवाद कायमै छ। लामिछाने जोडिएका सहकारीको नाम राख्न कार्यदलका सदस्यहरु सकारात्मक छन्। कार्यदलका सदस्यहरुबीच भएको सहमतिको मस्यौदामाथि कांग्रेसमा आन्तरिक छलफल गर्ने र  त्यसपश्चात पुन बैठक बस्ने गरी कांग्रेस नेताहरु बाहिरिएका छन्।  बर्तोलाले एक घण्टा पछि पुन: बैठक बस्ने जानकारी दिए।

कार्यदलमा सहमति नहुँदा प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.