माइतीघरमा सरकारविरुद्ध नेविसंघको नारा - चिया छानेको, सहकारी ठग जोगाउन कति जानेको ?

माइतीघरमा सरकारविरुद्ध नेविसंघको नारा - चिया छानेको, सहकारी ठग जोगाउन कति जानेको ?
संसदीय छानबिन समितिको माग गर्दै प्रदर्शनमा उत्रिएको नेविसंघ। तस्बिर : अभिशेक महर्जन

काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सहकारी ठगीसम्बन्धी गिरिनबन्धु टी स्टेटको अनुसन्धान गर्न संसदीय छानबिन समितिको माग गर्दै राजधानीमा विरोध प्रर्दशन गरेको छ।  सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै र्‍यालीसहित प्रदर्शन गरेको हो । 

नेविसंघले काठमाडौंको माइतीघरमा सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र झापाको गिरिबन्धु टी स्टेटको जग्गा विवादबारे  अनुसन्धान गर्न संसदीय छानबिन समितिको माग गर्दै  विरोध गरेको हो।

null

प्रदर्शनमा सहभागीहरूले चिया छानेको,सहकारी ठग जोगाउन जानेको,लुट्न सके लुट कान्छा,लुट्न सके लुट,अरु देशमा पाइदैन नेपालमै लुट,सहकारी ठगीको प्रमाण यहाँ छ,रवि दाइ अदालतले भन्यो- गिरिबन्धु,ओली सरकारको नीतिगत भ्रष्टाचार,कारवाही गर्ने हिम्मत छ ? लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन्।

null

लामिछानेमाथि संसदीय समिति गठन गर्न सत्ता पक्ष र प्रतिपक्ष सहमत भएपनि कार्यादेशमा सहमति जुट्न सकेको छैन। आइतबार बिहान संसदीय समितिको कार्यादिशा टुंग्याउन बसेको कार्यदलको बैठक निष्कर्षविहीन भएको छ। सहमति जुटाउन बैठक पुन: बस्दैछ।

दलहरूबीच कार्यादिशामा सहमति जुट्न नसक्दा संघीय संसदनका प्रतिनिधिसभा बैठक र राष्ट्रिय सभा बैठक तोकिएको समयमा बस्न सकेका छैनन्।

nullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.