बर्दियामा मृत पाटेबाघ फेला पर्‍यो

बर्दियामा मृत पाटेबाघ फेला पर्‍यो
सुन्नुहोस्

गुलरिया : बर्दियाको मधुवन नगरपालिका-४ स्थित कालिका सामुदायिक वनमा मृत पाटेबाघ फेला परेको छ। कुहिएर गन्हाएको अवस्थामा मृत बाघ भेटिएको हो। 

धेरै समय अघि मृत्यु भएर किरा परेको अवस्थामा सामुदायिक वनमा वयस्क पाटेबाघ फेला परेको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले पुष्टि गरे। डिभिजन वन कार्यालय, बर्दिया राष्ट्रिय निकुञ्ज लगायत एनटीएनसीको प्राविधिक टोली घटनास्थलमा पुगी अनुसन्धान गरी रहेको उनले जानकारी दिए।

प्राविधिक टोली घटना स्थलमा पुगेकोले पोस्टमार्टमपश्चात मात्र मृत्युको वास्तविक कारण पत्ता लाग्ने राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत अजित तुम्वाहाङफेले बताएका छन्। बुढो बाघ भए प्राकृतिक, वयस्क भए आपसमा लड्ने क्रममा मृत्यु भएको हुन सक्ने अनुमान छ। यस्ता घटनामा विषादीको कारण पनि हुन सक्ने भएकाले गहिरो अनुसन्धान भइरहेको उनले प्रस्ट्याए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.