कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक पनि स्थगित

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक पनि स्थगित
सुन्नुहोस्

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरू अवरोध गरेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।  सोमबार बैठक सुरु हुनेबितिकै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले सहज रुपमा बैठक अघि बढाउन आग्रह गरेका थिए।

तर कांग्रेस सांसदहरुले विपक्षीले उठाउँदै आएको सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समिति गठन नगरेसम्म सदनका कार्यसूची अघि बढ्न नसक्ने जनाएका थिए । कांग्रेसको अवरोधपछि राष्ट्रियसभा अध्यक्ष दाहालले जेठ ८ गते मंगलबारसम्मका लागि बैठक स्थगित गरेका हुन्।

प्रमुख प्रतिपक्षी दल कांग्रेससहित विपक्षी दलको नाराबाजीबीच प्रतिनिधिसभामा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको पाएका छन्। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागिरहँदा विपक्षी दलहरूले चर्को नाराबाजी गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.