सगरमाथा चुचुरोमा पुगेसँगै स्याङ्जाका सुरजले फहराए आँधीखोले झण्डा
![सगरमाथा चुचुरोमा पुगेसँगै स्याङ्जाका सुरजले फहराए आँधीखोले झण्डा](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_9yqAawHnon_nZ7O2XP232.jpg)
स्याङ्जा : विश्वकै सर्वोच्च शिखर सगरमाथा हिमालको स्याङ्जाली युवा सुरजले सफल आरोहण गरेका छन्। आरोहणसँगै उनले सगरमाथामा आँधीखोले सभ्यता बोकेको लोगो अंकित झण्डा फहराए।
स्याङ्जाका ३६ वर्षीय सुरज पौडेलले विश्वकै अग्लो चुचुरो सगरमाथामा आरोहणमा सफलता मिलेसँगै उनले आँधीखोले झण्डा फहराएका हुन्। आँधीखोला गाउँपालिका-२ चिलाउनेवासका पौडेलले जेठ ७ गते बिहान १० बजेर २० मिनेटमा हिमाल आरोहणमा सफलता पाएका हुन्।
हाल उनी सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक हुन्। उनी शेर्पा एक्स्ट्रिम प्रालिमार्फत चैत ३० मा सगरमाथा आरोहणका लागि प्रस्थान गरेका थिए। सर्वोच्च चुचुरोमा पुगेर उनले आफ्नो जन्मथलो आँधीखोला गाउँपालिकाको लोगो अंकित झण्डा र कर्मक्षेत्रको सशस्त्रको झण्डा पनि प्रदर्शन गरे।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)