बझाङमा छुट्टाछुट्टै ठाउँमा लडेर दुई महिलाको मृत्यु
![बझाङमा छुट्टाछुट्टै ठाउँमा लडेर दुई महिलाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/death-mirtyu_20200921102555_w4G0IQREYJ_vMi3IK2wXu.jpg)
बझाङ : काफलको रुखबाट लडेर बझाङमा एक जनाको मृत्यु भएको छ। जिल्लाको वित्थडचिर गाउँपालिका-७ ठूलीखालीमा काफल खान गएका बेला रुखबाट लडेर बुंगल नगरपालिका १० डौडकी प्रमा बागको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
आज घरबाट वित्थडचिर गाउँपालिकाको देउलेक बजारमा सामान किन्न भनेर आएकी र दिउँसो साढे १२ बजेतिरको समयमा साथीहरूसँगै ठूलीखाली वन क्षेत्रमा काफल खान भनेर आएको प्रहरी जनाएको छ। प्रहरीका अनुसार बागका साथीहरू काफल टिपेर फर्किए पनि उनी नफिर्किएपछि उनको खोजी गरिएको थियो।
खोजी गर्दा उनी काफल खानका लागि रुखमा चडेकी र रुखबाट लडेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक भरत शाहले जानकारी दिए। अहिले जिल्ला प्रहरी कार्यालय बझाङको टोली त्यसतर्फ गएको छ।
यसैबीच बझाङकै केदारस्यूँ गाउँपालिकामा पनि एक जना महिलाको भीरबाट लडेर मृत्यु भएको छ। केदारस्यूँ गाउँपालिका –४ शैन्स्यु खेतकुचाकी सुनादेवी मल्लको आज मालुबेडे भिरबाट लडेर ज्यान गएको हो। उनको आज मालुबेडे भीरमा घाँस काट्ने क्रममा लडेर ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)