छानबिन समिति गठन नभए विरोध जारी रहन्छ

जेठ १५ गते संसद्‌बाट सहज ढंगले बजेट आउने-नआउने सत्ता पक्षको हातमा छ : कांग्रेस

जेठ १५ गते संसद्‌बाट सहज ढंगले बजेट आउने-नआउने सत्ता पक्षको हातमा छ : कांग्रेस
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले जेठ १५ गते सहज ढंगले आगामी आर्थिक वर्षको बजेट आउने-नआउने सत्ता पक्षको हातमा रहेको दाबी गरेको छ। प्रतिनिधि सभाको बैठकपश्चात सहमहामन्त्री जीवन परियारले संसदीय छानबिन समिति बनाउन गठित कार्यदलमा कार्यादेश (टीओआर)मा सहमति भए सहज ढंगले बजेट आउने बताएका हुन् ।

उनले भने,‘जेठ १५ गते सहज ढंगले बजेट आउने/नआउने सत्ता पक्षकै हातमा छ।भोलीसम्म संसदीय छानबिन समिति बनाउन गठित कार्यदलमा टीओआरमा सहमति भएर छानबिन समिति बन्यो भने सहज ढंगले बजेट आउँछ, होइन भने हाम्रो विरोध जारी रहन्छ।’

उनले कार्यदलमा कांग्रेसको प्रस्ताव जहाँको त्यहि रहेको परियारले दाबी गरे। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसमेत सहकारीको रकम अपचलनमा संलग्न रहेकाले उनको नाम लेख्नुपर्ने अडान कांग्रेसले राखेको बताए।

‘विभिन्न ढंगबाट वार्ता र छलफल नभएका होइनन् तर छलफलबाट निष्कर्ष निस्कन सकेको छैन। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले संसदबाटै जुनसुकै समिति गठन गरेपनि तयार रहेको बताएपनि सत्ता पक्ष लामिछानेको नाम राख्ने विषयमा सहमत हुन तयार छैन। अहिले कांग्रेसले उठाउँदै आएको विषय पनि यहि हो।’
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.