दुई वर्षदेखि फरार अभियुक्त पक्राउ
नुवाकोट : डाँका चोरी मुद्दामा फरार नुवाकोटका अभियुक्त पक्राउ परेका छन्। नुवाकोट जिल्ला अदालतको गत २०७८ चैत २४ गतेको फैसलाले डाँका चोरी मुद्दामा दोषी ठहर गरी ५ महिना १ दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार अभियुक्त नुवाकोटको तादी गाँउपालिका-१ का ३१ वर्षिय ओमे मोक्तानलाई प्रहरीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
इलाका प्रहरी कार्यालय खरानिटार नुवाकोटबाट खटिएको प्रहरी अधिकृत सहितको प्रहरी टोलीले खोजतलास फरार मोक्तानलाई सडकखण्डमा हिँडिरहेको अवस्थामा पक्राउ गरी नुवाकोट जिल्ला अदालतमा बुझाएको प्रहरी नायव उपरिक्षक तील भारतीले जानकारी दिए।
जिल्ला अदालतको आदेशले ५ महिना १ दिन कैद भुक्तानको लागि उनलाई कारागार चलान गरिएको छ।
प्रतिक्रिया दिनुहोस !