संसद् छल्न बिरामीको बहाना, मधेशका मुख्यमन्त्रीलाई नैतिक संकट

संसद् छल्न बिरामीको बहाना, मधेशका मुख्यमन्त्रीलाई नैतिक संकट
फाइल तस्बिर।

जनकपुर : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव बिरामी भएपछि विश्वासको मत लिने वा नलिने अन्योल बनेको छ । विश्वासको मत लिने कार्यतालिका बनाएको प्रदेशसभा सचिवालयले मुख्यमन्त्री बिरामीको पत्र पाएसँगै विश्वासको मत लिने वा नलिने भन्नेमा अन्योलता बढेको जनाइएको छ। 

नेपालको संविधान अनुसार दल विभाजन भए वा सरकारको समर्थनमा रहेका दलहरु मध्ये कुनै एक दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। सोहीअनुसार आज बुधबार ३० दिन पुगेको हो ! 

जनता समाजवादी पार्टी नेपालको सरकारमा रहेको सत्ता साझेदार दलहरुमध्ये एकपछि अर्को दलले साथ छोडेपछि जसपा एक्लिएको छ।  

माओवादीका नेता भरतप्रसाद साहले बिरामीको बहाना बनाएर मुख्यमन्त्रीले अल्झाउने काम गरेको बताए। उनले भने, 'जसपा बाहेक सबै दल विपक्षमा छन् । सरकारको नैतिक रुपले पतन भैसकेको छ । नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा अल्झाएर राख्नु नैतिकताको बहानाबाहेक केही हैन।'

प्रदेशसभामा मुख्यमन्त्री कार्यालयबाट पठाइएको पत्रमा  भनिएको छ , 'नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम मिति २०८१/२/२१ मा मिति २०८१ जेष्ठ २३ गते विश्वासको मत प्राप्त गर्ने बैठकको कार्यसूचिमा राख्न व्यवस्था हुन पत्राचार गरेकोमा म मुख्यमन्त्री अस्वस्थ्यताको कारणले तोकिएको मितिमा स्वयम उपस्थित भइ विश्वासको मत लिन असमर्थ रहेकोले धारा १८८ को उपधारा (२) बमोजिम ३० दिनभित्र विश्वासको मत लिनु पर्नेमा मिति २०८१ जेष्ठ २८ गतेको लागि प्रदेशसभा बैठकको कार्यसूचिमा राखी आजको बैठकको विश्वासको मत सम्बन्धी कार्य सूचि स्थगितगर्नु हुन अनुरोध छ।'

null
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.