सहकारी ठगी प्रकरण

बानेश्वरमा संसदीय छानबिन विशेष समितिको बैठक सुरू, सभामुख पनि उपस्थित

बानेश्वरमा संसदीय छानबिन विशेष समितिको बैठक सुरू, सभामुख पनि उपस्थित
तस्बिर : सभामुखको सचिवालय

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा अध्ययन गर्न गठित संसदीय छानबिन विशेष समितिको पहिलो बैठक सुरू भएको छ।  संसद भवन बानेश्वरस्थित शंकर हलमा बैठक सुरू भएको हो।  बैठकमा सभामुख देवराज घिमिरे पनि सहभागी छन्।

एमाले सांसद सूर्यबहादुर थापालाई समितिको संयोजकको ७ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन भएको  छ। समितिमा कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट संयोजक थापासहित सरिता भुसाल,राप्रपाका ध्रुवबहादुर प्रधान, माओवादी केन्द्रका लेखनाथ दाहाल र रास्वपाका शिशिर खनाल सदस्य छन्।

विपक्षी कांग्रेसले सहकारी अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरोध गर्दै आएको थियो। कार्यदेश बनाउन गठन भएको कार्यदलमा सहमतिपछि संसद्बाट समिति गठन गरिएको थियो।

कार्यदलले तयार गरेको समितिको चारबुँदे कार्यादेशमा सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने उल्लेख छ। 

कार्यदलले २९ वटा सहकारीलाई समस्याग्रस्त तोकिएको छ। समितिको कार्यावधि पनि ३ महिना तोकिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.