सरकार अर्थतन्त्रलाई चलायमान बनाउँदैछ : महासचिव पोखरेल
बर्दिबास : नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार धरायसी अवस्थामा पुगिसकेको देशको अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ अग्रसर भएको बताएका छन्। आइतबार बिहान महोत्तरीको बर्दिबासमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकलाई अर्थतन्त्रलाई सुदृढ बनाउने प्रयत्न गरिरहेको बताएका हुन्।
देशकै अर्थतन्त्र धरायसी अवस्थामा पुगिसकेको समयमा सरकारको बागडोर सम्हालेका केपी शर्मा ओली नेतृत्वको सरकारले पछिल्लो समयमा अर्थतन्त्रलाई सुदृढ बनाउनेका लागि हरसम्भव प्रयासरत रहेको धारणा राखेका छन्। उनले भने, ‘सरकारले राजश्व वृद्धि गरिसकेको छ। सहकारी ठगि प्रकरणमा संलग्नलाई सुक्ष्म रुपमा अनुसन्धान गरि कारवाही प्रक्रिया अगाडि बढाएको छ। खासगरी अर्थतन्त्रलाई चलायमान बनाउनका निम्ति सरकार हरसम्भव प्रयासरत रहेका छन्।’
एक अर्को प्रसंगमा महासचिव पोखरेलले पार्टी पछिल्लो समयमा आएर मधेशमा लोकप्रियता कमाएको धारणा राखेका छन्। प्रदेशबासीको चाहनालाई ध्यानमा राख्दै कृषि, स्वास्थ्य, रोजगार लगायतका समग्र विषयमा नेकपा एमाले नेतृत्वका सरकारले चासो दिएकै कारण पछिल्लो समयमा आएर पार्टी मधेशमा मजबुत सावित भएको पोखरेलले दाबी गरेका छन्। जसका उदाहरण उपनिर्वाचनको मत परिमाणले प्रमाणित गरिसकेको उनले खुलासा गरेका छन्।
प्रतिक्रिया दिनुहोस !