टी-२० विश्वकप : पपुवा न्यूगिनीलाई पराजित गर्दै युगाण्डा विजयी
काठमाडौं : टी-२० विश्वकप-२०२४ मा युगाण्डाले पपुवा न्यूगिनीलाई पराजित गरेको छ। समूह सीमा अन्तर्गत बिहीबार बिहान भएको खेलमा युगाण्डा तीन विकेटले विजयी भएको हो।
प्रोभिडेन्स स्टेडियम, गुयानामा टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्यूगिनीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ७७ रन बनाएको थियो। पपुवा न्यूगिनीले दिएको लक्ष्य युगाण्डाले १८.२ ओभरमा सात विकेट गुमाउँदै पूरा गरेको हो। युगाण्डाका लागि रियाजत अली शाहले सर्वाधिक ३३ रन र जुमा मियाजी १३ रन जोडे। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
पपुवा न्यूगिनीका आलेई नाओ र नोर्मन वानुआले दुई/दुई विकेट लिए। असद भाला र चैड सोपरले एक/एक विकेट लिए।
पपुवा न्यूगिनीका हिरी हिरीले सर्वाधिक १५ रन,किप्लिन डोरिगा र लेगा सियाकाले १२/१२ रन जोड्दा अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
युगान्डका लागि जुमा मियाजी,अल्पेश रामजनी,कासमास क्येवूता र फ्रेन्क नसूबूगाले समान दुई/दुई विकेट र ब्रायन मसाबाले एक विकेट लिए।
युगाण्डाको यो पहिलो जित हो। यस अगाडि अफगानिस्तानसँग युगाण्डा १२५ रनले पराजित भएको थियो। पहिलो खेलमा वेस्ट इन्डिजसँग पपुवा न्यूगिनी पाँच विकेटले पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस !