मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन छिट्टै संशोधन हुन्छ : मन्त्री चौधरी

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन छिट्टै संशोधन हुन्छ : मन्त्री चौधरी

काठमाडौं : महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन–२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्ने बताए। शुक्रबार काठमाडौंमा महिला कानुन र विकास मञ्च (एफडब्ल्यूएलडी)ले नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी उपलेख (पार्लेमो) प्रोटोकलमा हस्ताक्षर गरिसकेपछि अहिले कानुन निर्माणको चरणमा रहेको बताए । 

नेपालले सन् २०२० जुन १६ मा पार्लेमो प्रोटोकलमा हस्ताक्षर गरेको थियो । सम्बन्धित मन्त्रालयसँगको समन्वयमा ऐन,कानुन संशोधनको प्रक्रिया अगाडि बढ्ने बताउँदै उनले पार्लेमो प्रोटोकल अनुमोदन गरिसकेपछि ९ वटा कानुनहरू बनाउनुपर्ने बताए । 

त्यसमध्ये पनि प्रमुख कानुन नै मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी नै भएकाले ऐन संशोधन प्रक्रियालाई छिट्टै अगाडि बढाइने बताइन् । विशेषगरी खाडी मुलुकका केही देशमा यो समस्या बढी रहेको भन्दै ती देशमा राज्यले प्रहरी डेस्क स्थापना गर्न सकेमा मानव बेचबिखन नियन्त्रण गर्न सहज हुने समेत उनले बताइन्।

कार्यक्रममा महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले नेपालले पार्लेमो प्रोटोकल अनुमोदन गरिसकेपछि ९ वटा कानुनमा संशोधन गर्नुपर्ने अवस्था भएपनि अहिलेसम्म मानव बेचबिखन तथा ओसारपसार ऐन मात्रै संशोधनका लागि अगाडि बढेको अवस्था रहेको बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.