प्रतिनिधिसभा बैठकमा आजदेखि विनियोजन विधेकमाथि मन्त्रालयगत छलफल हुने
काठमाडौं : प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक अहिले ११ बजे बस्दैछ। बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।
यसैगरी सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ।
बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत रुपमा छलफल हुनेछ। आज चारवटा मन्त्रालयअन्तरगत विनियोजन भएको बजेटमाथि छलफल हुनेछ।